डुम्रेमा एनआईसी एसिया बैंकको शाखा «

डुम्रेमा एनआईसी एसिया बैंकको शाखा

 एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित डुम्रेशाखाको एनआईसी एसिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट बिहीबार उद्घाटन भएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ४१ शाखा कार्यालय, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भन्दै बैंकले आफ्नो वासलातको आकार १८३ अर्ब रुपैयाँभन्दा बढी पुगेको, कुल निक्षेप करिब १५५ अर्ब रुपैयाँ तथा कर्जा १२७ अर्ब रुपैयाँ पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्