नामी कलेजमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न «

नामी कलेजमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

 नयाँ आयाम मल्टि–डिसिप्लिनरी इस्न्टिच्युट (नामी) कलेज जोरपाटीमा बुधबार ग्लोबल इको सिस्टम, जैविक विविधता, जलवायू परिवर्तनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
सो गोष्ठीमा भाग लिन विभिन्न क्षेत्रमा संलग्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सो अवसरमा ‘साच फाउन्डेसन’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत संकल्प मोहन शर्मा र स्मार्ट पानीका प्रवन्ध निर्देशक सुमन शाक्यको सहभागिता थियो । यसका साथै विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरू, शोधकर्ता विद्वानहरू, नामी कलेजमा रहेका विभिन्न संकायका प्रमुखहरू र कर्मचारीहरूको समेत सहभागिता थियो । सो अवसरमा प्रस्तुतकर्ता विद्यार्थीहरू मध्येबाट २ जना सर्वोत्कृष्ट प्रस्तुतकर्तालाई पुरस्कृतसमेत गरिएको थियो । कार्यक्रमको औपचारिक सत्रको नेतृत्व नामी कलेजका अध्यक्ष डा. आरजु राणा देउवा, बोर्डका सदस्यहरू, कलेजका प्रमुख कार्यकारी अधिकृत पवन पोख्रेल, प्रिसिपल डा.विदिशा चक्रवर्ती र नामी परिवारले गरेको थियो ।
साथै नामी कलेजले बेलायतको नर्थआम्टन विश्वविद्यालयको सझेदारीमा एमबीए, बीबीए (अनर्स), बीएस्सी (अनर्स) कम्प्युटिङ, बीएस्सी (अनर्स) कम्प्युटिङ सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी (अनर्स) कम्प्युटिङ नेटवकिङ, बीएस्सी (अनर्स) वातावरण विज्ञानका साथै क्याम्ब्रिज विश्वविद्यालयअन्र्तगत ए लेबलका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्