प्रिमियरको एफपीओ अर्को सातादेखि «

प्रिमियरको एफपीओ अर्को सातादेखि

प्रिमियर इन्स्योरेन्स कम्पनीले पुस १६ गतेदेखि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर प्रिमियममा नयाँ निष्कासन गर्ने भएको छ । कम्पनीको प्रिमियमसहित एक कित्ता सेयर खरिदका लागि ७ सय ९९ रुपैयाँ बुझाउनुपर्नेछ ।
कम्पनीले प्रतिकित्ता ६ सय ९९ रुपैयाँ प्रिमियममा नयाँ निष्कासन गर्ने भएको हो । कम्पनीको प्रिमियम मूल्य निर्धारण गर्दा धितोपत्र बजारको १८० दिनको औसत, कम्पनीको भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान अवस्था, पुँजीकृत भएको आम्दानी र कम्पनीको किताबी मूल्य तथा आम्दानी अनुपातलाई मूल्यांकन गरी तोकेको हो । कम्पनीले संस्थापक समूहको स्वामित्वलाई घटाई ६ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर प्रिमियमसहित ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ संकलन गर्ने गरी निष्कासन गरेको हो ।
हाल चुक्ता पुँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको एफपीओपछि ५१ करोड ४४ लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत छ । बाँकी ४० प्रतिशत सर्वसाधारण समूहको रहेको छ ।
हाल धितोपत्रको दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको एफपीओ निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले आगामी १६ गतेदेखि निष्कासन गर्ने नयाँ निष्कासनमा लगानीकर्ताले पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रिमियममा सर्वसाधारणबाट उठाएको रकम सञ्चित कोषमा जम्मा गर्छ । त्यो रकले कम्पनीले बोनस सेयरमात्र वितरण गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्