बिजी मलमा सुरु भयो ‘फेस्टिभ सेल मेला’ ५० प्रतिशतसम्म छुट «

बिजी मलमा सुरु भयो ‘फेस्टिभ सेल मेला’ ५० प्रतिशतसम्म छुट

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा आउँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै ‘फेस्टिभ सेल मेला’ सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘फेस्टिभ सेल मेला’को आयोजना गरिएको मलले जानकारी दिएको छ ।
‘फेस्टिभ सेल मेला’ भदौ १६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकहरूले दैनिक रूपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्ने भन्दै कम्पनीले मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा,जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्रीलगायत मलमा उपलब्ध विभिन्न सामग्रीमा आकर्षक छुटको व्यवस्थासमेत गरेको जनाएको छ । ग्राहकले ५० प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेस्टुराँ, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरू सञ्चालनमा रहेका छन् । साथै ‘फेस्टिभ सेल मेला’ अवधिभर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरूसमेत प्रस्तुत प्रस्तुत हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस्