Logo

रुकुममा हतियार सहित ४ जना गाँजा सेवनकर्ता पक्राउ

 

लागूऔषध र हतियार सहित रुकुम पश्चिममा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ का १८ बर्षिय तिलक रावत, दाङ तुलसिपुर उपनगरपालिका ५ का २१ बर्षिय रोशन गौतम, सोहि ठाँउकै १९ बर्षिय रविनराज लवत र लमही नगरपालिका ५ का २१ बर्षिय सुरज घर्ति मगर रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गरि सार्बजनिक समेत गरेको छ ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ सिम्ली बजारमा भद्र बहादुर वलीको घरमा डेरा गरि बसिराखेका ४ जनाले कोठामा लागूऔषध संचय गरेर सेवन गरिराखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरिक्षक ऋषि कुमार ढुंगानाको नेतृत्वमा गएको प्रहरी टोलीले सोमबार ४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार उनिहरुको साथबाट ५० ग्राम गाँजा सहित नक्कली पेस्तोल, खुकुरी, कटारी र नक लगायतका त्यस संग सम्बन्धीत अन्य बस्तुहरु बरामत गरिएको छ ।
उनीहरुलाई लागू औषध गाँजा सेवन तथा संचित गरेको अभियोगमा मुद्धा दायर गरि जिल्ला अदालतबाट हिरासातमा राख्न ७ दिनको थपिएको छ । उनीहरुको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

मेगराज खड्का

 

प्रतिक्रिया दिनुहोस्