सरकारी सवारी साधनको दुरुपयोग «

सरकारी सवारी साधनको दुरुपयोग

धनगढी- धनगढी उपमहानगरपालिकामा सरकारी नम्बर प्लेटका गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । जनताको काम छिटो छरितो होस् भनेर स्थानीय सरकारले जनप्रतिनिधिलाई सवारी साधन दिए पनि यसको सही सदुपयोग हुस सकेको छैन
कतिपय गाडी सरकारी काममा प्रयोग नभई घरायसी काममा प्रयोग हुने गरेका छन् । यसरी सरकारी गाडी दुरुपयोग हुँदा सेवाग्राहीले सास्ती झेल्दै आउनु परेको छ । यसको ज्वलन्त उदाहरण १२ नंं वडाका वडाध्यक्ष हुन् ।
कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित १२ नं वडाका अध्यक्ष गणेशप्रसाद जोशीको से १ ब ६१२ नम्बरको मोटरसाइकल अहिलेसम्म वडा कार्यालयको काममा प्रयोग नभई घरायसी काममा प्रयोग हुँदै आएको छ । घर बनाउने सिमेन्ट बोक्नेदेखि लिएर घाँसपात ओसार्ने र बच्चालाई मोटरसाइकल चलाउन सिकाउने काममा उक्त मोटरसाइकल प्रयोग हुँदै आएको स्थानीयको गुनासो छ । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत जोशीकी छोरी तुलसीकुुमारी जोशीले उक्त मोटरसाइकल बिहान क्याम्पस र दिउँसो ट्युसन पढन जाने समयमा प्रयोग हुँदै आएको छ । बाँकी समय उनका छोराले प्रयोग गर्दै आएका छन् । स्थानीयका अनुसार उक्त मोटरसाइकल १ दिन पनि कार्यालय प्रयोजनका लागि प्रयोग भएको छैन ।

प्रतिक्रिया दिनुहोस्