नेपाल इन्भेस्टमेन्ट बैंकको सातौ एक्स्टेन्सन काउन्टर «

नेपाल इन्भेस्टमेन्ट बैंकको सातौ एक्स्टेन्सन काउन्टर

नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गणमा आफ्नो सातौं एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रूपमा उद्घाटन गरे । मन्दिरमा पाल्नु हुने श्रदालुभक्तजनहरूले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न काउन्टरले सहयोग गर्नेछ ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न कला तथा संस्कृति एवं पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउँदै आएको जनाएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषसँग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरूको निर्माण तथा पुनर्निर्माण गरिरहेको छ । पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्रहालय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जीर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफाइमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्