Logo

गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदानसम्बन्धी सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सेवाअन्तर्गत बैंकका ग्राहकहरूले एभरेस्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा प्राप्त गर्न सक्ने भन्दै बैंकले सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरूबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्