रुकुमपूर्वमा नेपाल टेलिकमको टावर «

रुकुमपूर्वमा नेपाल टेलिकमको टावर

रुकुम– रुकुम पूर्वको सिस्ने गाउँपालिका–२, प्वाङको सुर्दीमा नेपाल टेलिकमको टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । सिस्ने गाउँपालिकाकै सबैभन्दा बढी सञ्चार सेवाबाट बञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउन लाग्दा त्यहाँका स्थानीयहरू हर्षित भएका छन् । फोन गर्नकै लागि मात्र दिनको घाम कुर्नुपर्ने र अग्ला डाँडामा चढ्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय पे्रम घर्तीले बताए । विशेष गरी पालिकाको–१ सिस्ने र वडा नं २ को प्वाङलाई सञ्चार सेवामा जोड्ने उद्देश्यले टावरको निर्माण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।
नेपाल टेलिकमले गत वर्षदेखि उक्त ठाउँमा टावर निर्माण कार्य थालेको थियो । २०७४ चैत मसान्तमै निर्माण गरिसक्ने र वैशाखसम्म सेवा सुचारु गर्ने भए पनि समयभन्दा ढिलो गरी निर्माण भएको हो । भौगोलिक विकटताका कारण आवश्यक पूर्वाधार पु¥याउन कठिनाइका भएका कारण तोकिएको समयभन्दा केही ढिलो निर्माण भएको कार्यालयले बताएको छ । “ट्रस फिटिङका लागी आवश्यक सामग्री हेलिकप्टरबाट लिने कुरा थियो तर वर्षातको मौसमी खराबीका कारणले नभई मान्छेले नै ओसारपसार गर्नुपर्यो,” टेलिकमका कर्मचारी विजय गौतमले भने, “जोखिम मोलेर वारपार गर्ने भएकाले तोकिएको समयमा काम गर्न नसकिएको हो, निर्माणको काम अन्तिम चरणमा पुगेको छ अब छिट्टै सञ्चालन हुन्छ ।”
अब सोलार जडानसहितका केही पूर्वधारको काम बाँकी छन् । निर्माण कार्य ढिलाइ भइरहेका भए पनि छिट्टै स्थानीय जनतालाई सञ्चारमा जोड्ने पहल कदमी लिइएको वडा नं २ का वडा अध्यक्ष जीवन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्