निर्यात बढाउन गभर्नरको आग्रह «

निर्यात बढाउन गभर्नरको आग्रह

बढ्दो ब्यापारघाटा कम गर्नका लाग आन्तरिक उत्पादनमा जोड दिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सुझाव दिएका छन् । गत वर्षभरी ८१ अर्ब रुपैयाँ बरावरको मात्र निर्यात भएको बताउदै गभर्नर नेपालले उद्योगीहरुलाई कृषि उत्पादको आयात तथ्यांक समेत सुनाएका छन् ।
“कुरा अन्तर्राािष्ट्रयस्तरका गर्ने तर काम नगर्ने प्रवृत्तिले आन्तरिक उत्पादन नबढेको हो,” डा. नेपालले भने, “समग्र नेपाली दाजुभाइ दिदीबहिनी उद्योगी बन्न प्रयास गर्नुपर्छ, बैंक तथा वित्तीय संस्थाहरु अन्राष्ट्रियस्तरमा सेवा दिने अन्तराष्ट्रियस्तरको हुनुपर्छ ।” नेपाली बैंकहरुको सेवा अन्य मुलुकका वित्तीय संस्थाले दिने किसिमको नभएको समेत उनको तर्क छ ।
नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी तथा व्यवसायीसँग गराएको बैंकरहरुसँगको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नरले वासेल–३ नेपाली तथा जोखिममा आधारित नियमन प्रणालीमा जोड दिनुपर्ने भए पनि पूर्ण रुपमा हुन नसकेको बताए । वित्तीय संस्थाप्रतिको समाजको विश्वसनियता बढ्दै गएको हुनाले व्यवसायका क्षेत्र समेत फराकिलो पार्न बैंकहरुलाई सुझाव थिए ।
“कृषि क्षेत्रमा लगानी गरेर व्यापार घाटा घटाउन पहल गर्नेतर्फ तपाइँहरु अग्रसर हुनुपर्छ,” गभर्नर नेपालले भने, “समस्या पर्दा हामीलाई यस्तो गरिदिनुप-यो मात्र भन्ने परिपाटीबाट बाहिर निस्किनुस् ।” प्राथमिकताका क्षेत्रको पहिचान गरेर लगानी बढाएको खण्डमा त्यसले व्यवसायीको मात्र नभइ मुलुकको भलो हुने उनको भनाइ छ ।
नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले वित्तीय क्षेत्रमा उद्योग तथा उत्पादन क्षेत्रको योगदान बढ्दै गएको बताए । उद्योगी तथा व्यवसायीलाई राम्रो भए बैंकलाई पनि राम्रो हुने बताउदै ढुंगानाले भने, “बैंकहरुको नाफामा नहेर्नुस्, लगानी पनि पनि हेर्नुहोस ।” बैंकहरुले धेरै नाफा गरेर भन्दै गर्दा लगानीको १६ प्रतिशत मात्र औसत प्रतिफल रहेको उनले बताए ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासपछि करिब २ प्रतिशतसम्म ब्याजदर घट्ने बताउँदै ढुंगानाले भने, “पहिलो त्रैमासपछि पनि वित्तीय प्रणाली यही अवस्थामा रहेको खण्डमा ब्याजदर घट्छ ।”

प्रतिक्रिया दिनुहोस्