Logo

नवनिर्वाचित सभापतिबाट शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । 
शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी छन् । 

सभापतित्रयको प्रतिबद्धता 
निर्वाचनपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिंडारीले समितिले मुलुकभरका ऐन, कानून, नियम, नियमावलीको अध्ययन गर्ने र विज्ञको परामर्शमा कार्यान्वयन गर्ने र अभिलेख राख्ने कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । 
उनले भने, “समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग परामर्श गर्ने, राय लिने अनि मात्र निर्देशन दिइने छ । विसं २०१६ वैशाखमा मकवानपुरमा जन्मनुभएका सभापति बिंडारीसँग संविधानसभाको मस्यौदा कार्यदलको सदस्य बनेर काम गरेको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्