Logo

लिरिल फ्रेस फेस सिजन ४ अब फिनाले तिर लम्किँदै

विश्व प्रसिद्ध साबुनको ब्रान्ड लिरिलको उत्पादक युनिलिभरले आफ्नो रियालिटि शो, लिरिल फ्रेस फेसमार्फत ब्रान्डको जीवन्तता र ताजापनलाई प्रतिनिधित्व गर्नका लागि यस कार्यक्रमले खोज गर्ने क्रममा ‘लिरिल फ्रेस फेस’को चौथो संस्करण दर्शकहरूका लागि अझ बढी रोमाञ्चक बनाएको छ । यसमा सहभागीहरूका लागि अझ बढी चुनौतीपूर्ण रहेको लिरिल फ्रेस फेस सिजन ४ को विजेताको उपाधिका साथ नगद पुरस्कार १ लाख र हिरो डुएट स्कुटर जित्नका लागि प्रतिस्पर्धालाई अझ कडा र रोमाञ्चक बनाइएको कम्पनीले जनाएको छ । फ्यासनफोटोग्राफर, किशोर कायस्थ, कलाकार एवं फ्यासन कोरियोग्राफर, प्रशान्त ताम्रकार र पूर्वमिस नेपाल र प्रसिद्ध मिडिया हस्ती, माल्बिका सुब्बाजस्ता निर्णायकहरूले लिरिल फ्रेस फेस सिजन ४ को गरिमालाई नै बढाएको छ । जसमध्ये माल्बिका सुब्बाको भने यो पहिलो सिजन हो । कार्यक्रमका सम्माननीय निर्णायकहरूले ७ सयभन्दा बढी इन्ट्रीबाट ३ वटा टास्कको आधारमा उत्कृष्ट १० को छनोट गरिएका थिए । बुधबार प्रसारित यो छैटौं एपिसोड दर्शक र अन्तिम प्रतिस्पर्धी (हिसिला महर्जन र पूजा प्रधान) दुवैका लागि सरप्राइजिङ रह्यो किनभने सो एपिसोडमा श्रद्धा मैनालीलाई उत्कृष्ट ३ को रूपमा कन्टेस्टमा ल्याइएको थियो । लिरिल फ्रेस फेस–२०१७ को घोषणा गरिने अन्तिम एपिसोड आगामी बुधबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्