Logo

टेलिकमले ल्यायो विन्टर अफर

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । शुक्रबारदेखि सुरु हुने यो अफर माघ २१ गतेसम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसका रूपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ ।
विन्टर अल टाइम डाटा प्याकमा जीएसएम प्रिपेड र पोस्टपेड तथा सीडीएमए प्रिपेड र पोस्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । विन्टर अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ । त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय २० रुपैयाँमा २८ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध छ ।
विन्टर नाइट डाटा प्याकमा जीएसएम प्रिपेड र पोस्टपेड तथा सीडीएमए प्रिपेड र पोस्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ । बोनसका रूपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिनेछ । विन्टर नाइट डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध छ । त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १ सय २० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ सय एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ विन्टर फेसबुकरइन्स्टाग्राम प्याकमा जीएसएम प्रिपेड र पोस्टपेड तथा सीडीएमए प्रिपेड र पोस्टपेड मोबाइलमा विन्टर फेसबुक-इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २ सय ७५ एमबी डाटा र ३ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २ सय ७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध छ । १ सय २० रुपैयाँमा २८ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ६ सय एमबी डाटा र ५ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
एसएमएस प्याकमा जीएसएम प्रिपेड र पोस्टपेड तथा सीडीएमए प्रिपेड र पोस्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याकअन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्