फेवातालमा छात्राको शव भेटियो

फेवातालमा एक छात्राको शव भेटिएको छ । पोखरा महानगरपालिका १७ स्थित छोरेपाटन मावि कक्षा १० मा अध्ययनरत १७ वर्षिया सुस्मिता लामिछानेको सोमबार बिहान ड्यामसाइडस्थित फेवातालमा डुबेको अवस्थामा शव प्रहरीले भेटाएको हो । पोखरा महानगरपालिका २२ स्थित कोदीमा स्थायी घर भएकी लामिछाने आइतबार घरबाट करिब ५ बजेतिर निस्केकी हुदाँ उनको खोजी कार्य गर्दै जाँदा फेवाताल किनारको पार्कमा उनको झोलासहित मोबाइल भेटिएपछि प्रहरीले खोजी कार्य गर्दा उनको शव भेटेको हो ।
स्थानीयले पार्क नजिकै झोला देखेर प्रहरीलाई खबर गरेका थिए भने उक्त झोलामा भएको मोबाइलमा उनका अफन्तलाई प्रहरीले सम्पर्क गरी तालमा खोजी कार्य गर्दा उनको झोला भएको स्थान भन्दा करिब १० मिटर टाढाको दूरीमा शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले जनाए ।