तेक्वान्दोका खेलाडीको बिदाइ «

तेक्वान्दोका खेलाडीको बिदाइ

सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोसट्रेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाइ गरेका छन् । सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले बिदाइ गरेका हुन् ।
टोलीलाई बिदाइ गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रह गरे । “तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ । उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ । तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ,” उनले भने ।
विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्