मूल्य स्थिरताको भ्रम खतरनाक «

मूल्य स्थिरताको भ्रम खतरनाक

प्रमुख केन्द्रीय बैंकहरूले सकारात्मक तर न्यून मुद्रास्फीतिको सचेत खोज डरलाग्दो भ्रम बन्न थालेको छ । यो प्रवृत्ति किन डरलाग्दो देखिन्छ भने यस्ता नीतिबाट अपेक्षित लक्ष्य हासिल भए पनि त्यसबाट अनपेक्षित परिणामहरू आउन सक्छन् । त्यसैले यो भ्रम डरलाग्दो छ, किनभने यो लक्ष्यलाई पहिलो तहमा राखी खोजी गरिनुको कुनै उपयुक्त कारण देखिन्न ।
१९७० मा जति बेला विकसित अर्थतन्त्रहरूमाझ कडा रूपमा मुद्रास्फीति उदायो केन्द्रीय बैंकहरूले कडासँग यसको प्रतिरोध गरे । मुद्रास्फीतिविरुद्धको यो लडाइँबाट केन्द्रीय बैंकहरूले पाठ सिके : दिगो विकासका लागि न्यून मुद्रास्फीति आवश्यक छ । तर, सहज तरिकाले समय बितेपछि यो पाठ न्यून मुद्रास्फीति पनि दिगो विकासका लागि पर्याप्त अवस्था होे भन्ने विश्वासमा परिणत भएको छ ।
यो परिवर्तन शान्त आर्थिक वातावरणका कारण भएको हुन सक्छ, जसले १९८० देखि २००७ को अन्त्यमा भएको मुद्रा विस्फीतिको अवधिमा पनि साथ दिएको थियो । सामान्यतया यस अवधिलाई ‘महान् संशोधन’ (व्यापार चक्रको अस्थिरतामा आएको कमी जुन संरचनात्मक र संगठनात्मक सुधारबाट आएको थियो) का रूपमा लिइन्छ । केन्द्रीय बैंकहरूले मागलाई नियन्त्रण गरेर मुद्रा स्फीति घटाएको विश्वास गर्नु उनीहरूका लागि आरामको विषय थियो र उनीहरूका नीतिहरूको साइड इफेक्ट अर्थतन्त्रका लागि धेरै नै लाभदायी थिए । जे होस्, मुद्रामा कडाइ गर्ने कुरालाई तर्कयुक्त सिद्ध गर्न उनीहरूले उपयोग गरेको मागमा आधारित भनाइ थियो ।
तर, त्यसयता विश्वमा निकै परिवर्तन भयो । १९८० को अन्त्यदेखि न्यून मुद्रास्फीति धेरै नै भएको थियो । यसो हुनुको कारण थियो, आपूर्ति पक्षमा देखिएको झट्का जुन बेबी बुमर (दोस्रो विश्वयुद्धपछि १९६० अघिको पुस्ता) बाट उचालिएको श्रमशक्तिको बजार र विश्व व्यापार प्रणालीमा विभिन्न उदीयमान देशहरूको एकीकरण । यी शक्तिहरूले मुद्रास्फीति घटाएर पनि वृद्धिलाई चम्काए र मौद्रिक नीतिमा मागलाई प्रतिबन्ध लगाउने कुरा सोचिएका पनि थिएन, तैपनि निर्धारित लक्ष्यभन्दा मुनि आउन नदिन भने सामान्यतया प्रयास केन्द्रित थियो ।
यो तरिकाले सहज मौद्रिक नीतिको अवस्थालाई निम्त्यायो । यही कारण वित्तीय नियमविहीनता र प्राविधिक विकाससँग भएको वित्तीय सहजताले २००७ को वित्तीय संकटको बीउ रोपेको थियो र मन्दीको सुनिश्चितता गरेको थियो । त्यति बेला आधारभूत रूपमा विश्लेषात्मक त्रुटि भएको थियो, जुन अहिले पनि भएको छ । त्यो त्रुटि भनेको मुद्राविस्फीतिका स्रोतहरूको विकल्पहरूका बीच फरक देखाउन नसक्नु हो ।
‘ठूलो संशोधन’को अन्त्यले नीतिनिर्माताहरूलाई न्यून मुद्रास्फीतिले भावी आर्थिक स्थिरताप्रति उनीहरूको विश्वासलाई धूमिल पारिदिएको हुनुपर्छ । यदि यसो नभएको भए यसको विपरीत तथ्य सही हुनुपथ्र्यो । उनीहरूको आफ्नो मुद्रास्फीतिको लक्ष्य दोब्बर घट्दा केन्द्रीय बैंकहरूले आफ्नो लक्ष्य हासिल गर्न अप्रचलित नीतिका उपकरणहरूको अभूतपूर्व तालिका बनाउनुपरेको थियो ।
एउटा उदाहरण लिऊँ । धेरैजसो केन्द्रीय बैंकले अर्थतन्त्रमा देखिएको प्रणालीगत जोखिम व्यवस्थापन गर्न अहिले ‘म्याक्रोप्रुडेन्सल’ उपकरण उपयोग गर्न सुझाव दिइरहेका छन् । यो भनेको उनीहरूलाई ब्याजदर दीर्घकालका लागिसमेत न्यून राख्न स्वीकृति दिनु हो । यो दृष्टिकोणमा रहेको समस्याचाहिँ के हो भने यदि परीक्षण गरिएको प्रमाणले यस्तो नीतिलाई समर्थन गर्छ भने त्यो भित्री इच्छाले मात्रै काम गर्नेछ ।
केन्द्रीय बैंकहरू कहिलेकाही“ आफ्ना विद्यमान नीतिहरूलाई न्यून मुद्रास्फीतिका फाइदाहरूको गुणगान नगाई नरम मुद्रास्फीतिका व्यापक लागत देखाएर आफ्नो पक्षमा तर्क दिने गर्छन् । तैपनि उच्च मुद्रास्फीति न्यून मुद्रास्फीतिभन्दा निकै महँगो छ भन्ने ठूलो प्रमाण छ । नरम मु्रदास्फीति यस्तै महँगो हुन्छ भन्नेका लागि यस्तै खालको प्रमाण पाउन कठिन छ ।
वास्तवमा उपभोक्ताहरू र कर्पाेरेट लगानीकर्ताहरूले विगतको मूल्यमा देखिएको आरालोलाग्दो प्रवृत्ति र मुद्राविस्फीतिको परिणामस्वरूप खरिदमा देखिने नियन्त्रणमा आधारभूत रूपमा समर्थन पुग्छ भन्ने अप्रमाणित तथ्यलाई व्यापक रूपमा आँखा चिम्लेर स्विकार्ने गरिन्छ । हालका दिनहरूमा विभिन्न देशका उपभोक्ताहरूले क्षेत्रगत मूल्यमा देखिने ह्रासप्रति देखाउने प्रतिक्रिया माथिको तथ्यको ठीक विपरीत देखिन्छ । तर, जापानमा भने यस्तो देखिन्न ।
के कुरा साँचो हो भने अंक गणितीय तŒवका रूपमा मुद्राविस्फीति (मुद्रास्फीति समायोजित) ले ऋण सेवाको बोझ हलुका पारिदिन्छ । तर, यदि सहज नगद मौद्रिक नीतिको परिणामस्वरूप ऋणको तह डरलाग्दो अवस्थामा पुगेको छ भने यस समस्याको समाधान अझै सहज नगद हो भन्ने कुरा स्पष्ट भइसकेको छैन । केन्द्रीय बैंकहरू यसमा सकारात्मक रहे पनि विद्यमान आर्थिक अवस्थाको न्यून मुद्रास्फीति पनि बढ्दो रूपमा खतरा देखिन्छ ।
विश्वको ऋण अनुपात वित्तीय संकट सुरु भएयताकै उचाइमा पुगेको छ । तर, परम्परागत ऋण दाताहरूको मार्जिन भने सिध्दिइसकेको छ । यसबाट ती ऋणदाताको समग्र स्वास्थ्य कस्तो छ भन्ने प्रश्न उठ्छ र ऋण ‘छाया’ मा स्थानान्तरित हुन हुन्छ । यस्तो अवस्थामा वित्तीय बजारमा मूल्य निर्धारण सम्झौताका आधारमा हुन्छ । यस आधारमा हेर्दा अहिले एसेटमा अधिमूल्य भएको देखिन्छ ।
यी विकसित घटनाक्रम वित्तीयले स्थिरताका लागि चुनौती मात्र खडा गरेका छैनन्, वास्तविक अर्थतन्त्रको कामगराइमा समेत चुनौती बनेका छन् । अझ के पनि तर्क गर्न सकिन्छ भने सहज मुद्राले हालैका वर्षहरूमा देखिएका अप्रत्याशित प्रबल मुद्राविस्फीतिकारी शक्तिहरूका लागि पनि मलजल गरेको छ । सहज वित्तीयकरण र नियामकको बेवास्ताका कारण समग्र आपूर्तिले ‘जम्बी’ कम्पनीहरू (त्यस्ता कम्पनीहरू जसलाई राहत आवश्यक छ अथवा मूल धन तिर्न नसक्ने ब्याज मात्रै तिर्न सक्ने हैसियत राख्छन्) च्याउ उम्रेझैं फैलिएका छन् । यसैबीच ऋणले पछि धकेलेर समग्र मागलाई रोकेको छ जुन सहज मौद्रिक अवस्थाको अर्को परिणाम हो ।
यी परिदृश्यहरू हेर्दा मौद्रिक सहजताका लागि निरन्तर रूपमा जोड दिनु खासमा गलत सल्लाह नै हो भन्ने देखिन्छ । क्षितिजमा सम्भावित धेरै खतरा देखिएकाले बैंकरहरूले थोरै भए पनि उनीहरूका नीतिमा अन्तर्निहित आधारभूत अनुमानबारे पुनर्विचार गर्नैपर्छ ।
त्यसो भए नीतिनिर्माताहरूले के गर्नुपर्छ त ? निकट भविष्यमा नै सरकारहरूले दिगो वृद्धिलाई पुनःस्थापना गर्न केन्द्रीय बैंकहरूको नीतिमाथिको निर्भरता रोक्नैपर्छ । मुद्रास्फीतिका लक्ष्यमाथि धेरै चिन्ता लिनुभन्दा नीतिनिर्माताहरूले आफैंले आफूमाथि प्रश्न गर्नु आवश्यक छ : अर्को संकटको ज्वाला फुट्नुअघि नै आफूहरूले त्यसलाई रोक्न के–कस्ता व्यावहारिक मापनहरू अपनाउन सकिन्छ ? यस्तै अर्को महत्वपूर्ण कुरा के हो भने नीतिनिर्माताहरूले यस्तो परिदृश्यबाट जोगिन आफूहरूले हरेक काम गरेको कुरा सुनिश्चित गर्नु आवश्यक छ । हुन त सुरक्षात्मक मापनहरू अपर्याप्त पनि हुन सक्छन् ।
भविष्यप्रति आँखा दौडाउने हो भने जति बेला सामान्य अवस्थाका संकेतहरू पुनःस्थापित हुन्छन् केन्द्रीय बैंकहरूले मुद्रास्फीतिका लक्ष्य पुरा गर्ने काममा कम ध्यान केन्द्रित गर्नुपर्छ । त्यस्तै ‘बुम बस्ट’ ऋण चक्रलाई पनि निषेध गर्नुपर्छ । मुद्रास्फीतिका लक्ष्यबाट थोरै विचलन हुनु अथवा मुद्राविस्फीतिबाट विचलन हुनु दुवै पछि गएर निकै महँगा साबित हुन्छन् ।
(लेखक ओईसीडीको इकोनोमिक एन्ड डेभलपमेन्ट रिभ्यु कमिटीका अध्यक्ष हुन् ।)
प्रोजेक्ट सिन्डिकेट

विलियम ह्वाइट

प्रतिक्रिया दिनुहोस्