विद्युतीय गाडीमा ऊर्जामन्त्री «

विद्युतीय गाडीमा ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गरेका छन् ।
विद्युत् खपत बढाउन र विद्युतीय गाडीको प्रवद्र्धन गर्नमा जोड दिइरहेको बेला मन्त्री पुनले आइतबारदेखि विद्युतीय गाडी प्रयोग गर्न थालेका हुन् । ऊर्जामन्त्रीको रूपमा कार्यभार सम्हालेपछि स्वेतपत्रमा विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने घोषणा गरेका मन्त्री पुनले आफैं सवारी साधन चढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेर बा २ झ ८९०३ नम्बर उक्त गाडी मन्त्रीलाई उपलब्ध गराएको हो ।
श्वेतपत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र क्षमता सवारी साधनको आयातको ५० प्रतिशत पुराइने लक्ष्यलाई आधार मानी निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सो को उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेसनलगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिने उल्लेख छ । श्वेतपत्रमै यस्तो कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराइने उल्लेख छ । विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारी साधन वृद्धि अपरिहार्य भए पनि महंगो भएका कारण सर्वसाधारणमा भने रुचि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्