जनताको ‘मेरो तलब खाता’ «

जनताको ‘मेरो तलब खाता’

श्रम ऐनले सबै क्षेत्रका कर्मचारीक।े पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हुनाले यस व्यवस्थालाई मध्ये नजर गरी श्रमिक÷कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित जनता बैंक नेपाल लिमिटेडले आकर्षक ब्याजदर, बिमा तथा धेरै सुविधासहित मेरो तलब खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
मेरो तलब खाता शून्य मौज्दातमा खोल्न सकिने, वार्षिक ब्याजदर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक व्याज भुक्तानी, २ वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड, ७ लाख रुपैयाँसम्म निःशुल्क दुर्घटना (मृत्यु) बिमा सुविधालगायत विभिन्न सुविधा रहेको बैंकले जनाएको छ । बैंकले हाल देशभरिबाट १२२ शाखा सञ्जाल, ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ एकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटीएमबाट सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्