‘चाहेर–नचाहेर प्रदेश प्रमुख भएँ’ «

‘चाहेर–नचाहेर प्रदेश प्रमुख भएँ’

पोखरा – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आफू असल कानुन व्यवसायी भए पनि चाहेर–नचाहेर प्रदेश प्रमुख भएको बताएका छन् । पोखराको नयाँबजारमा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयमा आइतबार रक्षा बन्धन कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश प्रमुख कुँवरले समयको खेलसँगै आफू मासिक १० देखि १५ लाख आम्दानी गर्ने बाटो छाडेर प्रदेश प्रमुख भएको बताए ।
उनले भने, “म पेशाले कानुन व्यवसायी हुँ, धेरै समयसम्म म न्यायपालिकामा आवद्ध भई कानुन व्यवसाय गरें । अहिले संविधानको कार्यान्वयन भइरहँदा गण्डकी प्रदेशको प्रमुख भएँ । एउटा राम्रो र सफल कानुन व्यवसायीले मासिक १० देखि १५ लाख रुपैयाँ सजिलै कमाउन सक्छ, त्यो मैले पनि कमाउने गर्थे तर मेरो नसिवमा देशप्रति एउटा कर्तव्य निभाउन यस्तै लेखिएको रैछ ।”

प्रतिक्रिया दिनुहोस्