स्मार्ट टेलिकमको नयाँ योजना प्रस्तुत «

स्मार्ट टेलिकमको नयाँ योजना प्रस्तुत

काठमाडौं-स्मार्ट, टेलिकम्युनिकेसन कम्पनीले हालै नयाँ ब्रान्डिङका साथ प्रस्तुत भएको छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसित गर्ने जनाएको छ । नयाँ ब्रान्डिङअन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यसअघि ‘स्मार्ट सेल’का रूपमा परिचित भएकोमा अब ‘स्मार्ट’का रूपमा प्रस्तुत हुनेछ । साथै स्मार्ट ‘योर वल्र्ड, योर भ्वाइस’ भन्ने नारा साथ प्रस्तुत भएको बतायो । ‘स्मार्ट सेल’ भन्दा जुन दायराको अनुभूति हुन्थ्यो त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउनेछ भन्ने विश्वासका साथ ‘स्मार्ट सेल’बाट ‘स्मार्ट’भनी रिब्रान्डिङ गरिएको छ ।
“स्मार्ट सेलको सेल र द्धन् ले हामीलाई निश्चित सीमामा सीमा बद्ध गरेको थियो,” स्मार्टका आधिकारिले बताए । कम्पनीले नयाँ योजनातथा सेवाहरू प्रस्तुत गरेको सन्दर्भमा यो रिब्रान्डिक गरेको हो । स्मार्टले रिब्रान्डिङको साथ इट्स फ्रिडम भन्ने नयाँ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ९९ मा सिमकार्ड खरिद गरी ५० रुपैयाँको मेन ब्यालेन्स, २०० एम बी डाटा, १० मिनेट टकटाइम र १० एसएमएस प्राप्त हुनेछ साथै, रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्