उच्च शिक्षाका लागि नामी कलेज «

उच्च शिक्षाका लागि नामी कलेज

विज्ञ व्यक्तिव र लगनशील नेपाली नागरिकको पहलमा स्थापना गरिएको कलेज हो । यस कलेजका सस्थापकले गुणस्तरीय शिक्षाको माध्यमबाट नेपालको सामाजिक र आर्थिक उन्नतिका लागि योगदान पुराउने उद्देश्यले यो कलेजको स्थापना गरेका हुन् । नामी कलेज बेलायतको नर्थहाम्पटन विश्वविद्यालयको सहकार्यमा स्थापना गरिएको हो । यो कलेज काठमाडौको शान्त मानिएको जोरपाटीको पूर्वी क्षेत्रमा रहेको छ । कलेजले दक्ष एवं अनुभवी फ्याकेल्टी शिक्षक, थोरै विद्यार्थीसहितको कक्षा र त्योभन्दा पनि महत्वपूर्ण विद्यार्थीसँग नजिक र उदार भई अध्ययन अध्यापन गराइरहेको छ ।
नामी कलेजले पूर्ण शैक्षिक वातावरणका लागि प्रशस्त खुल्ला क्षेत्र भएको स्थानमा कलेज स्थापना गरेकोे छ । कलेजले ३७ रोपनी जग्गामा कार्यालय कक्षाकोठाका साथै अन्य पूर्वाधार निर्माण गरेको छ । यहाँ निर्माण गरिएका पूर्वाधार नर्थहाम्पटन विश्वविद्यालयका गाइडलाइन अनुसार निर्माण गरिएका हुन् । नर्थहाम्पटन विश्वविद्यालय बेलायतको टप रेङकिङ भएकाले यहाँबाट उत्पादित विद्यार्थीले ६ महिनाको अवधिमा ९६ प्रतिशतले रोजगार योग्य विद्यार्थी उत्पादन गर्नसक्ने क्षमता राख्छ ।
नर्थहाम्पटन विश्वविद्यालयको सहकार्यमा नामी कलेज निम्म विषय अध्ययन गराइरहेको छ ।

  • बीबीएड्ड
  • बीएससी (हन्स) कम्प्युटिङ
  • बीएससी (हन्स) कम्प्युटिङ (सफटवेयर इन्जिनियरिङ)
  • बीएससी (हन्स) कम्प्युटिङ (कम्प्युटर नेटवर्क इन्जिनियरिङ)
  • बीएससी (हन्स) इन्भारमेन्ट साइन्स
  • एमबीए 

टेक्नोलोजी परिवर्तनसँगै अपडेट हुने भएकाले ग्लोबल इन्डस्टिजका लागि धेरै रेलिभेन्ट कोर्सका रूपमा यी कोर्स रहेका छन् । यसैगरी सपटवेयर र नेटवर्क इन्जिनियरिङमा नामी कलेजले मात्र अन्राष्ट्रिय डिग्रीको अध्ययन गराउँछ । यहाँ अध्ययन गर्ने विद्यार्थी २ वर्षमा नै इन्डिट्रजका लागि तयार हुन्छन् । सकेन भने इन्डस्ट्रिजमा हुने सबै एक्टिभिटिज कक्षामा नै सिकाइन्छ । यसर्थ इन्डष्ट्रिज र एकेडेमिकीको ग्यापलाई यो कोर्सले धेरै हदसम्म कम गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्