लिबर्टी कलेज बीबीए तथा बीएचएमका लागि उत्कृष्ट «

लिबर्टी कलेज बीबीए तथा बीएचएमका लागि उत्कृष्ट

लिबर्टी कलेजमा सञ्चालित बीबीए तथा बीएचएमको अध्ययन गराइन्छ । विद्यार्थी, शिक्षक, अभिभावक तथा व्यवस्थापक गरी चार पक्षहरूको संयुक्त सहकार्यद्वारा यस कलेज शैक्षिक क्षेत्रमा एक जीवन्त शिक्षण संस्थाका रूपमा स्थापित हुन सफल भएको छ । यस कलेजमा सञ्चालित कार्यक्रमहरूमा भर्ना भई रमणीय शैक्षिक वातावरणको भरपुर आनन्द उठाउँदै आफ्नो भविष्य सुनिश्चित गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । समग्रमा, हाम्रो सम्पूर्ण ध्यान नै विद्यार्थीहरूको व्यवस्थापकीय ज्ञान, सीप र दक्षता अभिवृद्धिमा केन्द्रित रहने कुरा विश्वास दिलाउन चाहन्छु ।
ग्लोबल कलेज अफ म्यानेजमेन्टको स्वामित्व तथा युनिग्लोब कलेजको व्यवस्थापनमा सञ्चालित लिबर्टी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक उत्कृष्ट व्यवस्थापन कलेज हो । यस कलेजमा बीबीए तथा बीएचएम कार्यक्रमहरू बिहानी तथा दिवा सत्रमा सञ्चालित छन् । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्वहरूद्वारा सञ्चालनमा रहेको यस कलेजको स्थापना सन् २००९ मा भएको हो । व्यवस्थापन तथा हस्पिटालिटीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त एक उत्कृष्ट शिक्षण संस्थाको रूपमा आफूलाई स्थापित गर्नु यस कलेजको दीर्घकालीन लक्ष्य छ ।
यस कलेजको मुख्य उद्देश्य भनेको चार वर्षे बीबीए तथा बीएचएम कार्यक्रमहरूद्वारा देशका विभिन्न क्षेत्रमा सेवा पु¥याउन सक्षम मध्यम स्तरीय व्यवस्थापकहरू उत्पादन गर्नु छ ।
लिबर्टी कलेज नै किन ?
बीबीए तथा बीएचएम कार्यक्रम सञ्चालनमा यस कलेजको स्थान राष्ट्रियस्तरमै उच्च छ । यो उपलब्धि यहाँ अध्ययनरत विद्यार्थी तथा कलेज व्यवस्थापनको अथक मेहनतबाट सम्भव भएको हो । यस कलेजमा निर्मित होटल व्यवस्थापन प्रयोगशाला सहरकै उत्कृष्ट प्रयोगशालाको रूपमा रहेबाट यस कलेजले होटल व्यवस्थापनमा व्यावहारिक तथा प्रयोगात्मक सीपको महत्वलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट हुन्छ ।
होटल व्यवस्थापनसम्बन्धी अतिरिक्त क्रियाकलापहरू
नियमित सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरूको अलावा यस कलेजमा तल उल्लेखित विभिन्न क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन् ।
१. खाना महोत्सव (फुड फेस्टिबल)
२. फुड टेस्टिङ
३. सेफ कम्पिटिसन
४. वाइन टेस्टिङ
५. मिक्सोलोजी

अन्य अतिरिक्त क्रियाकलापहरू
विद्यार्थीहरूमा व्यवस्थापकीय, नेतृत्वदायी तथा रोजगारमूलक सीप विकासमा सहयोग पु¥याउन विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलापहरू पनि यस कलेजले सञ्चालन गर्दै आएको छ । यी प्रतियोगिताहरूमा सहभागी तथा विजयी विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा नगद पुरुस्कारसमेत प्रदान गर्ने गरिएको छ ।
म्यानेजमेन्ट फेस्ट
९० सेकेन्ड योजना प्रस्तुति
उद्यमशीलता प्रतियोगिता
व्यावसायिक योजना विकास
कला प्रतियोगिता
हाजिरी जवाफ प्रतियोगिताड्ड केस स्टडी
प्रस्तुतीकरण प्रतियोगिता
वादविवाद प्रतियोगिता
श्रव्य दृश्य विज्ञापन निर्माण प्रतियोगिता
ब्रान्ड पहिचान प्रतियोगिता
रोमाञ्चक विज्ञापन प्रतियोगिता
वक्तृत्वकला प्रतियोगिता

अन्य क्रियाकलापहरू
गेष्ट लेक्चरड्ड समूहकार्य
परियोजना कार्य
इभेन्ट व्यवस्थापन
खेलकुद सप्ताह
लिबर्टी कप फुटबल
लिबर्टी फ्राइडे
लिबर्टी डे– अभिभावक दिवस
दीक्षान्त समारोहड्ड इन्टनसिप
कार्यस्थल पदस्थापन
लेखा/वित्त/व्यवस्थापनसम्बन्धी तालिम आदि ।

कलेजमा उपलब्ध सुविधाहरू
भव्य तथा आकर्षक भवन परिसर
अत्याधुनिक कम्प्युटर प्रयोगशाला
अत्याधुनिक होटल व्यवस्थापन प्रयोगशाला
अत्याधुनिक, श्रव्य दृश्य शिक्षण सामग्रीसहितका सुविधाजनक कक्षा कोठाहरू
व्यवस्थित पुस्तकालय
सर्वसुलभ तथा स्वस्थकर चमेनागृह
अध्ययनकक्ष
सभाकक्ष
पर्याप्त छात्रवृत्तिको व्यवस्था
विदेशी विशेषज्ञहरूद्वारा अध्यापन

लिबर्टी दीक्षान्त समारोह
यस कलेजबाट चार वर्षे अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई हरेक वर्ष एक भव्य कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरणका साथ बिदाइ गर्ने गरिएको छ । उक्त कार्यक्रममा तल उल्लेखित विभिन्न विधाहरूमा सर्वोत्कृष्ट ठहरिएका विद्यार्थीहरू ट्रफी, प्रमाणपत्र तथा नगद पुरुस्कारद्वारा विभूषित हुने गरेका छन् ।
अतिरिक्त क्रियाकलापका उपाधिहरू:
सर्वाधिक अनुशासित व्यक्तित्व
सर्वाधिक प्रभावशाली नेतृत्व
सर्वाधिक गतिशील व्यक्तित्व
उत्कृष्ट पुरुष व्यक्तित्व
उत्कृष्ट महिला व्यक्तित्व

सर्वाधिक सहयोगी विद्यार्थीशैक्षिक विधाका उपाधिहरू :
सर्वाधिक स्थिर विद्यार्थी
सर्वाधिक प्रगतिशील विद्यार्थी
ब्याच प्रथम विद्यार्थी
यस कलेजले नियमित रूपमै विभिन्न क्षेत्रमा कार्यरत तथा ख्याति प्राप्त व्यक्तिहरूबाट कलेज परिसर तथा बाह्य स्थानहरूमा अतिरिक्त कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूको अनुसन्धानमूलक क्षमता अभिवृद्धिका लागि भारतलगायत विभिन्न मुलुकहरूमा आयोजना हुने अनुसन्धान कार्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारहरूमा समेत सहभागिता गराइने गरिएको छ । यस कलेजले आगामी दिनहरूमा विशेषीकृत ऐच्छिक विषयहरूको अध्यापनका लागि विदेशी विशेषज्ञहरूको व्यवस्था गर्ने योजना बनाइ छ ।

प्रतिक्रिया दिनुहोस्