सबैभन्दा धेरै विषय अध्यापन गराउने कलेज «

सबैभन्दा धेरै विषय अध्यापन गराउने कलेज

गोल्डेन गेट कलेज

गोल्डेन गेट कलेज राजधानीका उत्कृष्ट कलेजमध्येको एक हो । सो कलेज नेपालको शिक्षा क्षेत्रमा नेपालको शैक्षिक हब नै बनाउने लक्ष्य लिएर अघि बढेको छ । त्रिभुवन विश्वविद्यालयपछि सबैभन्दा धेरै विषय अध्यापन गराउने संस्थाका रूपमा स्थापित भएका छौं । यस कलेजबाट १८ हजारभन्दा बढी विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । शिक्षाप्रेमी संस्थापक, प्राज्ञिक वातावरण, अभिभावकमैत्री दक्ष शिक्षकद्वारा अध्यापन, सहयोगी कर्मचारी, खुला मैदान, वातानुकूलित कक्षा, पुस्तकालय, सुविधा सम्पन्न प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, देश–विदेशमा कलेज र नेपालकै सान राख्न सक्षम, खेलकुद आदि क्षेत्रका विद्यार्थी, अभिभावक र प्रबुद्ध नागरिक समाजले हामीलाई सम्झने गरेका छन् । आईएसओ ९००१-२००८ प्राप्त गरेर विश्व प्रसिद्ध वेभोमेट्रिक्सद्वारा विश्वभर २० हजार ९ सय ३६औं स्थान र नेपालभरिका विश्वविद्यालय र कलेजहरूमा अग्रणी स्थानमा पर्न सफल यस कलेजले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्नु जनाएको छ । कलेजले विद्यार्थीलाई पढाउने मात्र होइन, पढ्ने दिने गरेको छ ।

नेपाली कलेज पनि गुणस्तरीय
उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीको प्रवृत्तत हेर्दा विदेशका सबै शैक्षिक संस्था राम्रा हुन्छन् भन्ने सोचाइ रहेको जस्तो देखिन्छ । नेपालका कतिपय कलेज विदेशका भन्दा राम्रा पनि र नराम्रा पनि छन् । कतिपय विदेशी कोर्स अब नेपालमा नै पढाइ हुन थालेको अवस्था पनि छ । यसैले कतिपय विषय अध्ययन गर्न विदेश नै गएर धेरै खर्च गर्नुपर्ने अवस्था छैन । यो कुरा सबैले बुभ्mनु पर्ने बेला आएको छ । विदेशमा अध्ययनका लागि जाने विद्यार्थी सबैले निधारित कोर्स पूरा गरे गरेन त्यो पनि अध्ययनको विषय हुनसक्छ । विदेशी शिक्षामा व्यावहारिक र प्रविधिक ज्ञान बढी हुन्छ त्यसैले राम्रो छ भने नेपाली सौद्धान्तिक रूपमा मात्र राम्रो छ । अब हामीले पनि शिक्षालाई व्यावहारिक पद्धतिमा लैजानु पर्छ

रमेश सिलवाल

प्रतिक्रिया दिनुहोस्