Logo

चियामाथिको प्रतिबन्ध हटाउन अपिल

श्रीलंकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिलोन चियामा लगाइएको प्रतिबन्ध हटाउन विशेष अपिल गरेको छ ।
श्रीलंकाको चिया आयातमाथि लगाइएको प्रतिबन्ध फुकुवाका लागि अनुरोध गर्न मस्को जान लागेको श्रीलंकाली प्रतिनिधि मण्डलको नेतृत्व दुई मन्त्रीले गरेका छन् ।श्रीलंकाबाट रूस निर्यात गरिएको चियामा खार्पा नामक कीरा फेला परेपछि गत साता रूसले श्रीलंकाबाट आयात गर्ने चियामाथि प्रतिबन्ध लगाएको थियो ।कीरा फेला परेको घटना एकाध भएकाले श्रीलंकाले विवाद मिलाउने प्रयास गरिरहेको छ ।
कीरा जिउँदो वा मृत अवस्थामा फेला परेको पनि स्पष्ट नभएको श्रीलंकाले जनाएको छ । राष्ट्रपति मैतिपाला सिरिसेनाले श्रीलंकाली चिया किसानलाई दुःखी नहुन पनि आग्रह गरेका छन् । विवाद मिलाउन आवश्यक कदम सरकारले उठाउने भन्दै किसानलाई आश्वस्त पार्ने प्रयास उनले गरेका छन् ।रूसमैत्री मुलुक भएकाले र्यालीलाई आशावादी हुन पनि उनले आग्रह गरेका छन् ।
कृषिमन्त्री नभिन दिसानाइके र उद्योगमन्त्री रिसद बर्थिडुने मस्को जान लागेको विशेष प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । रूसी सरकारलाई आश्वस्त पार्न श्रीलंकाली प्रतिनिधि मण्डल रूसको भ्रमणमा जान लागेको हो ।
रूस श्रीलंकाली चियाको सबैभन्दा ठूलो आयातकर्ता हो । आफ्नो ४३ करोड ६० लाख डलरको झन्डै एकतिहाइ आयात रूसले गर्दै आएको छ ।श्रीलंकाले चियामा कीरा फेला परेको घटनाको पूर्ण अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्