बागमती नदी महोत्सव हुँदै «

बागमती नदी महोत्सव हुँदै

काठमाडौं-बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना हुने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नदी महोत्सव आयोजना गर्न लागिएको हो ।
भदौ ९ गते, शनिबार ७ बजेदेखि कोपुण्डोल, बागमती पुल, ललितपुरमा १७ वर्षदेखि मनाउँदै आएको बागमती नदी महोत्सव २०७५— ‘महा जलजात्रा’ को १८औं संस्करण मनाउन लागिएको आयोजक संस्थाले बताएको छ । बागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको भन्दै संरक्षणको आवाज उठाउन थालिएको हो । विभिन्न सरकारी, गैरसरकारी, व्यापारिक संघ संस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं सहरका साथै बागमती नदीको वातावरण पनि दूषित भएको छ । बागमतीको सामाजिक तथा धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण नदी ढलमा परिणत भएको थियो । बागमतीको पुरानो इतिहास सम्झँदै पुरानै अवस्थामा बागमती नदीको सौन्दर्यता कायम राख्न सफाइ अभियन्ता सक्रिय छन् ।
नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले सबैलार्र्ई नदीनजिक पु¥याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने बताएका छन् । “काठमाडौंवासीले यसलाई माया र इज्जत दिउन् र बागमती नदीको अवस्थाबारे जानकारी प्राप्त गरुन् र भावी पुस्ताका लागि कसरी हामीले बागमती नदीलाई जोगाउन सकिन्छ भन्नेबारे जागरण ल्याउन मद्दत पु¥याउनु हो,” उनले भने, “बागमती नदी महोत्सवकै प्रेरणाले सुरुवातको १२ वर्षपछि एक सफल महाअभियानको रूपमा बागमती सफाइ महाअभियान सुरु भई ५ वर्षसम्म निरन्तर रूपमा अगाडि बढी देशका अन्य नदीनाला तथा विभिन्न स्थानमा समेत सफाइ अभियान सञ्चालन भइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्