इन्भेस्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता «

इन्भेस्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

 नेपाल इन्भेस्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौतासम्बन्धी हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन् ।
जीवन बिमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बिमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरूमाझ बैंकिङ साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ बैंकिङ सेवा दिँदै आएको नेपाल इन्भेस्टमेन्ट बैंकबीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।
सम्झौताअनुसार ग्राहकहरूले नेपाल इन्भेस्टमेन्ट बैंकका सम्पूर्ण शाखाहरूबाट सो कम्पनीको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्नलगायत सम्पूर्ण जीवन बिमा सेवा प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जीवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरूले नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूलाई पनि थप सुविधा प्रदान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्