ईजी मोबाइल केयरको महाएक्सचेन्ज अफर «

ईजी मोबाइल केयरको महाएक्सचेन्ज अफर

न्युरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको नेपालको चर्चित मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले ग्राहकहरूको मागलाई ध्यानमा राखेर जुनसुकै ब्रान्डको मोबाइल फोनहरू सामसङको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।
कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य १ हजार रुपैयाँबाट सुरु हुने गरी मूल्यांकन गर्नेछ । त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रिएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ ।
यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरूलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।
ईजी मोबाइल केयरका सञ्चालक संजित पौडेलका अनुसार ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरूसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरू विस्तार गर्दै आएको छ । देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरूसँग मिलेर बिस्तार गर्न लागेको छ ।
नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि सुरु गरिसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्