नेपाल इन्भेस्टमेन्ट बैंकलाई पाँचौंपटक बैंक अफ द इयर पुरस्कार

काठमाडौंः नेपाल इन्भेस्टमेन्ट बैंकले बैंक अफ द इयरको पुरस्कार पाएको छ । बैंकले लन्डनको फाइनान्सियल टाइम्सबाट बैंक अफ द इयरको पुरस्कार पाएको यो पाँचौं पटक हो ।
बैंक ‘अफ द इयर’ पाँचौं पटक प्राप्त गर्ने नेपालको पहिलो बैंक हो ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले लन्डनमा भएको विशेष समारोहमा पुरस्कार ग्रहण गरेका छन् ।
बैंकले गत आर्थिक वर्ष ४ अर्ब १४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ छ ।
कुल पुँजी १६ अर्ब ३० करोड रुपैयाँ रहेको नेपाल इन्भेस्टमेन्ट बैंक निजी बैंकहरूमध्ये सर्वाधिक पुँजी भएको बैंक हो । बैंकले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४८ वटा शाखा तथा विभिन्न शाखारहित सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ ।