सामसङको आधिकारिक सेवा केन्द्र बिजी मलमा «

सामसङको आधिकारिक सेवा केन्द्र बिजी मलमा

नेपालभरि १४ वटा सामसङका सेवा केन्द्रहरू भएको, आईएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बिजी मल बालाजुमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, सामसङका कार्यकारी निर्देशक युबियम वोन र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।
कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले भने, “हाम्रा अमूल्य ग्राहकहरूलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नुनै हाम्रो मुख्य उद्देश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरूलाई बिक्री पछिको सेवा प्रदान गर्नु हो ।”

प्रतिक्रिया दिनुहोस्