Logo

डिस होमले पायो ‘इमर्जिङ ब्रान्ड अवार्ड’ र ‘सीईओ अफ द इयर’

डिस होमले नेपाल बेस्ट ब्रान्ड अवार्ड–२०१७ मा ‘इमर्जिङ ब्रान्ड अवार्ड’ प्राप्त गरेको छ । यसका साथै डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले सीईओ अफ द इयर–२०१७ को अवार्डसमेत प्राप्त गरेका छन् । थाइल्यान्डका सीएसआर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिस होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । विश्वको विभिन्न देशहरूमा ब्रान्ड र यससम्बन्धी कार्यक्रम गरी अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरूको सहभागिता रहेको सो कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरूको सहभागिता थियो । नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टिभीको प्रविधि भित्र्याउने डिस होम, नेपालको टेलिकम क्षेत्रमो सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा सुरु गरेको डिस होमले नेपालमा डिजिटल टिभी सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख सहरदेखि अत्यन्त ग्रामीण क्षेत्रमा समेत सहज रूपमा उपलब्ध गराउन सफल डिस होम, नेपालीहरूको टिभी हेर्नका लागि पहिलो रोजाइका रूपमा स्थापित भइसकेको छ । ‘इमर्जिङ ब्रान्ड अवार्ड’ र ‘सीइओ अफ द इयर’ जस्ता २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरूलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कुरा कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले जनाए ।

प्रतिक्रिया दिनुहोस्