स्नातक तह उत्तीर्ण विद्यार्थी सामुदायिक विद्युतीय संस्थामा «

स्नातक तह उत्तीर्ण विद्यार्थी सामुदायिक विद्युतीय संस्थामा

काठमाडौं-पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक उत्तीर्ण विद्यार्थीले सामुदायिक विद्युत् उपभोक्ता संस्थामा गएर अभ्यास गर्ने भएका छन् । सामुदायिक विद्युत् उपभोक्ता संस्थाको प्राविधिक क्षमता विकासका लागि निमित्त सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएसँग उनीहरूले अभ्यास गर्न पाउने भएका हुन् । आइतबार भएको सम्झौतापत्रमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महसंघका अध्यक्ष नारायण ज्ञवाली र पुल्चोक क्याम्पसको तर्फबाट प्रा.डा.गोकर्णबहादुर मोत्राले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार स्नात्तक तह उतीर्ण विद्यार्थी सामुदायिक विद्युतीकरणमार्फत अघि बढेका ग्रामीण क्षेत्रका समुदायिमा गएर प्राविधिक क्षमता विकासका साथै दिगो, गुणस्तरीय र सुरक्षित विद्युत पुर्याउनका लागि सकृय हुनेछन् । सामुदायिक ग्रामीण विद्युतीकरणका सवालमा महासंघ र क्याम्पसको सहकार्यमा अनुसन्धान कार्य समेत हुने महासंघले जनाएको छ । सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २ सय ८२ सामुदायिक संस्थामार्फत पाँच लाख घर परिवारमा विद्युतको विस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस्