रोल्पामा रोकिएन बालविबाह «

रोल्पामा रोकिएन बालविबाह

रोल्पा – रोल्पामा विबाह गर्ने उमेर नपुगी विबाह गर्ने चलन अझै रोकिएको छैन् । तत्कालीन जनयुद्धले चेतना अभिवृद्धि गरेको जिल्लामा पनि अझै बालविबाहको परम्परागत चलन उस्तै रहेको छ । जिल्लाका किशोर किशोरीहरुले १४-१५ वर्षकै उमेरमा विबाह गर्ने गरेका छन् । भने केही को त विबाह गरेको वर्षदिन नपुग्दै सम्बन्ध विच्छेद हुने गरेको तथ्यांकहरु पनि रहेका छन् ।
गत बैशाख १९ गते प्रहरीले १७ वर्षको उमेरमा बाल विबाह गरेको भन्दै सदरमुकामबाट करिव ६ किलोमिटरको दुरीमा रहको ह्वाली गाउँबाट एक जोडीलाई विबाह मण्डपबाटै उठाएर ल्यायो । पछि उनीहरु विरुद्द बालविबाहको मुद्दा चलायो । पछि उनीहरुलाई अदालतले १० हजार धरौटीमा रिहा ग-यो । यो त एक प्रतिनिधि मुलक घटना मात्र हो । जिल्लामा १४-१५ वर्षकै उमेरमा विबाह गर्ने गराउने पुरानो संस्कृति जस्तै रहेको छ । समाजमा चेतनाको कमी हुनु, किशोर किशोरीहरुलाई बाल विबाहको अशरका बारेमा प्र-याप्त मात्रामा ज्ञान नहुँदा यो घटना बढेको हो यो क्षेत्रमा लागेका जानकारहरु बताउँछन् ।
१३-१४ वर्षदेखि १८ वर्षसम्मकाले विबाह गर्ने चलन रहको मानव अधिकारकर्मी खेम बुढा मगर बताउँछन् । विबाह गर्ने उमेर नपुगी विबाह गर्ने चलन जिल्लामा यथावतै छ उनले भने वालविबाहलाई परमपरागत रुपमा लिनु, फोन, सामाजिक सञ्जानको बालबालिकाले प्रयोग गरेर पनि वालविबाह बढेको उनको बुझाई छ । गाउँपालिकाले कहिले सम्म वालविबाह अन्त्य गर्ने हो भनेर रननीति बनाएर अगाडी बढ्नु पर्ने उनको सुझव छ । बालविबाह अन्त्य गर्ने बारेमा जिल्लाका स्थानीय तहमा कुनै पनि योजना छैन बुढा भने केही वडाले भने बालविबाह अन्त्यका लागि योजना बनाएर अगाडी बढेको उनी बताउँछन् । सबै स्थानी तहले बालविबाह अन्त्यको योजना बनाएर अगाडी बढ्नु पर्छ उनले भने ।
बालविबाह गरेर के क्षति भयो र नगरेर के फाइदा भयो भन्ने बारेमा गाउँमा प्रशिक्षण दिनु पर्ने अधिकारकर्मी कुमरा पोखरेल बताउँछन् । बालविबाहका बेफाइदाका बारेमा गाउँ गाउँमा सूचना प्रवाह गर्नुपर्ने पोखरेलको भनाइ छ । गाउँ गाउँमा वाल विबाह गरेपनि प्रहरी समक्ष उजुरी आइ पुग्दैनन् । कोही कसैले उजुरी ग-यो भने विबाह गर्ने जोडी र बाबु आमा समेत सामाजिक रुपमा बहिष्कृत हुनेभएपछि गाउँका भलाद्धमी भनीनेहरुले गाउँमै मिलाउने गरेका छन् । यता प्रहरीले पनि बाल विबाह न्युनिकरण सम्बन्धी अभियान चलाएको बताउको छ । परिपक्व नभइ सानै उमेरमा विबाह गर्ने र पछि घर परिवारमा एक आपसमा श्रीमान-श्रीमती वीच कुरा नमिल्दा जिल्लामा २० वर्ष भन्दा कम उमेरका पनि अदालती प्रक्रियाबाट सम्बन्ध विच्छेद हुने गरेका छन् । हामीले त २० वर्ष भन्दा माथिकानै सम्वन्ध विच्छेद भएका देख्ने गरेको छौं जिल्ला अदालत रोल्पाका श्रेष्तेदार मोहन बहादुर विष्टले भने केही चाही २० वर्ष भन्दा कम उमेरका पनि छन् । हाम्रो रेकर्डमा हे-यो भने भेटिन्छन् विष्टले भने । बाल विबाह न्यनिकरणको लागि जिल्लाका सबै स्थानीय तहबाट जनचेतना मुलक कार्यक्रम ल्याउन आवश्यक रहेको यसका जानकारहरु बताउँछन् ।

पहलमान घर्ती

प्रतिक्रिया दिनुहोस्