तनहुँका स्थानीय तहको बेरुजु साढे ११ करोड «

तनहुँका स्थानीय तहको बेरुजु साढे ११ करोड

-सबैभन्दा बढि व्यासमा, कम भिमादमा

दमौली-आर्थिक वर्ष २०७३-७४ मा तनहुँका स्थानीय तहमा साढे ११ करोड रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाका १० स्थानीय तहमा ११ करोड ३० लाख ८७ हजार रुपैयाँ बेरुजु रहेको पाइएको हो । आर्थिक वर्ष २०७३-७४ मा तनहुँका स्थानीय तहमा साढे ११ करोड रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाका १० स्थानीय तहमा ११ करोड ३० लाख ८७ हजार रुपैयाँ बेरुजु रहेको पाइएको हो । उक्त अवधिमा जिल्लाका स्थानीय तहमध्ये व्यास नगरपालिकामा सबैभन्दा बढि बेरुजु पाइएको छ भने भिमाद नगरपालिकामा सबैभन्दा कम बेरुजु रहेको पाइएको छ ।
व्यास नगरपालिकामा ४ करोड ४६ लाख ५० हजार र भिमाद नगरपालिकामा ८ लाख ९४ हजार रुपैयाँ बेरुजु छ ।जिल्लाकै सबैभन्दा ठूलो र सदरमुकाममा रहेको व्यास नगरपालिकामा ४ करोड ४६ लाख ५० हजार बेरुजु देखिएको छ । सो मध्ये असुल गर्नुपर्ने १८ लाख ८१ हजार, नियमित गर्नुपर्ने २ करोड ९४ लाख ५३ हजार र पेश्की १ करोड ३३ लाख १५ हजार रहेको प्रतिवेदनमा जनाइएको छ । भानु नगरपालिकामा २२ लाख ९२ हजार बेरुजु देखिएको छ । सो मध्ये ४८ हजार असुल गर्नुपर्ने, ४ लाख ८६ हजार नियमित गर्नुपर्ने र १७ लाख ५८ हजार पेश्की रहेको छ । भिमाद नगरपालिकामा ८ लाख ९४ हजार बेरुजु रहेकोमा असुल गर्नुपर्ने ३८ हजार, नियमित गर्नुपर्ने ६ लाख ८६ हजार र पेश्की १ लाख ७० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकामा १ करोड ७१ लाख ५६ हजार बेरुजु देखिएकोमा १ करोड ३८ लाख १२ हजार फछ्र्यौट भई ३३ लाख ४४ हजार बाँकी देखिएको छ । सो मध्ये असुल गर्नुपर्ने ६ लाख ८३ हजार, नियमित गर्नुपर्ने १४ लाख ४९ हजार र पेश्की १२ लाख १२ हजार रुपैयाँ रहेको छ । आँबुखैरेनी गाउँपालिकामा २ करोड १८ लाख २१ हजार बेरुजु देखिएकोमा असुल गर्नुपर्ने २६ लाख ९८ हजार, नियमित गर्नुपर्ने १ करोड ८७ लाख ५० हजार र पेश्की ३ लाख ७३ हजार रहेको छ । ऋषिङ गाउँपालिकामा ५६ लाख ८३ हजार बेरुजु देखिएकोमा असुल गर्नुपर्ने ४७ हजार, नियमित गर्नुपर्ने १२ लाख ८ हजार र पेश्की ४४ लाख २९ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।त्यसैगरि घिरिङ गाउँपालिकामा ३१ लाख बेरुजु देखिएकोमा असुल गर्नुपर्ने ३५ हजार, नियमित गर्नुपर्ने २७ लाख ५ हजार र पेश्की ३ लाख ६० हजार रहेको छ । देवघाट गाउँपालिकामा २० लाख ८५ हजार बेरुजु रहेकोमा असुल गर्नुपर्ने १४ हजार, नियमित गर्नुपर्ने १ लाख ९२ हजार र पेश्की १८ लाख ७९ हजार रहेको छ भने म्याग्दे गाउँपालिकामा १० लाख ३४ हजार बेरुजु देखिएकोमा नियमित गर्नुपर्ने १ लाख ६२ हजार र पेश्की ७ लाख ४७ हजार रहेको छ । बन्दीपुर गाउँपाकिामा ८३ लाख ४४ हजार बेरुजु देखिएकोमा असुल गर्नुपर्ने २६ लाख ६५ हजार र नियमित गर्नुपर्ने ५६ लाख ७८ हजार रहेको छ ।
के हो बेरुजु ?
सामान्यतया रुजु नभएको कार्य वा कारोवारलाई बेरुजु भन्ने गरिन्छ । यो कहिलेकाहीँ प्रशासनिक कार्यमा प्रयोग गर्ने भए पनि खासगरी आर्थिक क्षेत्र वा कारोबारमा बढी प्रयोग हुने शब्द हो । कानुनी रुपमा बुझ्दा बेरुजु भन्नाले कानुन बमोजिम पु-याउनुपर्ने रित नपु-याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठह-याइएको कारोबारलाई सम्झनुपर्छ । लेखापरीक्षणको भाषामा भन्दा खर्च वा आम्दानी-प्राप्ति गर्दा नियमितता, प्रभावकारिता, दक्षता, मितव्ययितापूर्वक नगरिएको र यी सबै तरिकाबाट गरिएता पनि कहिलेकाहीँ औचित्य पुष्टि गर्नुपर्ने विषयमा औचित्य समेत पुष्टि हुन नसकिने गरी गरिएको आर्थिक कारोबारलाई वास्तविक रुपमा बेरुजु भन्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्