बाम गबन्धनको विजयलाई बधाई दिन भारतको कन्जुस्याई «

बाम गबन्धनको विजयलाई बधाई दिन भारतको कन्जुस्याई

नेपालमा बाम गठबन्धनले विजय प्राप्त गरेपनि भारतले अझैपनि औपचारिक रुपमा बधाई दिएको छैन । चुनावी परिणाम प्राप्त भएको लामो समय बितिसक्दा पनि भारतले मौनताले प्रश्न सिर्जना गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यसरी बधाइ नदिनुमा भारत अझैपनि ओलीसँग रिसाउको छ भनि सोधिएको प्रस्नमा विदेश मन्त्रालयलका प्रवक्ता रभिस कुमारले ठाडै अस्वीकार गरेका छन् । ओलीले भारत बिरोधी अडानको अभियाननै चलाएको टाइम्स अफ इन्डियाले जनाएको छ । “हामी अन्तिम नतिजाको पर्खाइमा छौ,” उनले बताए । ओली नेतृत्वको एमालेले प्रतिनिधि शभाको प्रत्यक्षतर्फको निर्वाचनमा ८० सीट ल्याएको थियो भने समानुपातिकमा ४१ सीट ल्याएको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सीटमा जित हात पारेको छ । दोस्रो स्थानमा रहेको नेपाली कंग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० सीट जितेको छ ।
माओवादी र एमालेको गठबन्धनलाई सुविधाजनक बहुमत मिलेको छ । यद्यपि भारतको विदेश मन्त्रालयले चुनावी नतिजाको स्वागत भने गरेको पत्रकारको प्रश्नमा प्रवक्ताले जानकारी दिएका छन् ।
“भारतको नेपालसँग वर्षौ पुरानो सम्बन्ध रहदै आएको छ । हामी नेपालमा प्रजातान्त्रिक रुपमा चुनिएको सरिकारसँग काम गर्न तयार छौ । नेपालको शान्ति, स्थायित्व, आर्थिक समृद्विका लागि काम गर्न तयार छौ,” भारतको विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमाले गत साता बताएका थिए ।
ओलीको विजयलाई नेपालमा चीन समर्थितकमो विजयको रुपमा हेरिएको छ । यसले ओलीलाई भारतसँगको उनको डिलिङमा प्रतिरक्षात्मक रुपमा राख्ने छ । स्पष्ट बहुमतका साथ आएको सरकारले नेपालमा स्थायित्व कायम गर्ने पनि बताइएको छ । नेपाल हेर्ने भारतका विज्ञहरुले ओलीले भारतलाई महिलो स्थानमा राखेर हेर्छ वा हेर्दैन भन्ने विषयमा अझै पर्ख हेरको स्थिति रहेको बताएका छन् । भारतमाथि नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै आलोचना हुदै आएको छ । कतिपय रिपोर्टहरुले यस पटक नेपालको चुनावी नतिजामा चीनको चासो रहेको संकेत गरेका छन् ।
नेपाली कंग्रेस सत्तामा आएको भए भारत खुसी हुने थियो । तर यस पटकको चुनावमा नेपाली जनतामाझ नेपाली कंग्रेस लोकप्रि हुन सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौ भ्रमणका बावजुद नेपालसँगको भारतको सम्बन्धमा दरार आएको छ । नाकाबन्दी गरेका कारण पनि नेपाली जनता भारतसँग क्रुद्ध हुदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्