मेगा बैंक नेपाल पनि कनेक्ट आईपीएसमा «

मेगा बैंक नेपाल पनि कनेक्ट आईपीएसमा

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा कारोबार सुरु गर्ने गरी मेगा बैंक नेपाललाई उक्त प्रणालीमा आबद्ध गराएको छ । बैंकका ग्राहकहरूले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार १ लाख रुपैयाँसम्मको अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 
यस प्रणालीमार्फत बैंकका ग्राहकहरूले कनेक्ट आईपीएसमा आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरू जस्तै अनलाइन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानीलगायतका कारोबार गर्न सक्ने व्यवस्था छन् । यस्ता सबै कारोबारहरू अनलाइनमार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ भन्दै नेपाल क्लियरिङ हाउसले हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजस्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको र छिट्टै अन्य सेवाहरूसमेत थप गर्न सकिने गरी काम भइरहेको जानकारी गराएको छ । यस प्रणालीमा हालसम्म ३४ बैंक तथा वित्तीय संस्थाहरूले सम्झौता गरी सकेकामा हालसम्म २७ वटा बैंक वित्तीय संस्थाहरूबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्