चीनलाई टक्कर दिन मिसाइल बनाउदै ताइवान «

चीनलाई टक्कर दिन मिसाइल बनाउदै ताइवान

ताइवान-चीनले लगातार आधुनिका हतियारका विकास गरेर अमेरिकालाई मात्रै होइन छिमेकी मुलुक र दक्षिण चीन सागरमा पनि तनावको अवस्था पैदा गरेको छ । यसको जवाफमा ताइवानले पनि मिसाइल र मिसाईल इन्टरसेप्टरको विकास गर्न थालेको छ । यसले पुरै क्षेत्रमा तनावको अवस्था पैदा गर्न सक्छ । तर, दक्षिण चीन सागरमा रहेको स्व–शाति द्विपमा बेइजिङको सैन्य प्रभाव केही हलुका हुन सक्छ ।
रक्षा विशेषज्ञले ताइवानको ताजा मिसाइल विकास कार्यक्रमको पुष्टि गरेपछिको अवस्थामा यो जानकारी आएको हो । विश्लेषकका अनुसार ताइवानकी राष्ट्रपति साई ईङ–वेनले २०१६ मा कार्यभार सम्हालेपनि ताइवानले नयाँ मिसालइलको विकास गरेको हो ।
यो अवधिमा ताइवानले आफ्नो मिसाइलमा केही सुधार पनि गरेको छ । यसैबीच तेस्रो मिसाइलको विकास पनि तीव्र दरमा गरिदै आएको छ । क्षेत्रमा बढ्दै गएको हतियारको होडले चीनको सैन्य विस्तारसँग जुभ्mनका लागि पुरै क्षेत्रमा सैन्य संघर्षको आशंकामा वृद्धि गराएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले स्व–शाषित द्विपको स्वतन्त्रताको वकालत गर्ने देशको बिरुद्धमा खरो व्यवहार अपनाउदै आफ्नो सामथ्र्य प्रर्दशन गर्नका लागि युद्धपोत, बमबर्षक तथा लडाकु विमानलाई प्रशिक्षण मिसनमा पठाउदै आएका छन् । यो सबै सैन्य परिवहन खतरनाक हतियारबाट सुसज्जित भएका छन् र विवादित द्विपको आसपासमा चक्कर लगाउदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्