नेपालले २९ खेलमा प्रतिष्पर्धा गर्दै

१८ औं एसियाली खेलकुद जाकर्तामा सुरु
एसियाका ४५ देशहरु बिच १८ औं एसियाली खेलकुद प्रतियोगिता शनिबारबाट इन्डोनेसियाकोराजधानी जाकर्तामा सुरु भएको छ । जाकर्ता सहित अर्को शहर पालेम्बांगमा सुरु प्रतियोगिता सेप्टेम्बर २ सम्म सञ्चालन हुदैछ ।
एसियाको शक्ती ‘इनर्जी अफ एसिया’ सन्देश सहित सुरु प्रतियोगितामा दक्षिण कोरीया र उत्तर कोरीयाले एकै देशको सामुहिक झन्डा बोकेर एकै साथ मार्चपार्स गरे पछि यो एसियालि खेलकुदले बिश्वकै ध्यान तान्न सफल भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार बढी खेलाडीले ४५ खेलमा प्रतिष्पर्धा गर्दैछन् ।
यस अघि सन् १९६२मा चौथो एसियाली खेल आयोजना गरेको इन्डोनेशियाको यो एसियाडको उदघाटन समारोह भब्य रुपमा आयोजना गर्दै बिश्व जगतको ध्यान तान्न सफल भएको छ । जेलोरा बुङ कार्नो (जेबीके)मुख्य स्टेडियममा भएको उदघाटन समारोहम ७० हजार जनाले प्रतक्ष्य अवलोकन गरेका थिए । बिभिन्न सास्कृतिक कार्यक्रमले उदघाटन सत्रलाई भब्य बनाएको थियो । इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले भब्य समारोहका १८ औं एसियाली खेलकुदको उद्घाटन गरेका थिए । उदघाटन सत्रमा ३ हजार ६० जनालेले नृत्य प्रस्तुत गरेका थिए भने चर्चित इन्डोनेसियन गायक अनगुन लगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगीतकर्मीले कार्यक्रमलाई थपा सांगितिक माहौल बनाएका थिए ।
उद्घाटनका लागि १ सय २० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २६ मिटर उचाइको बिशेष मञ्च बनाईएको थियो । जसमा पहाडी आकृति रहेको छ भने त्यसमा इन्डोनेसियाको कलासंस्कृति,बोटविरुवा र फुलहरु रहेको झल्को प्रदर्शन थियो । इन्डोनेसियाको पहिचान झल्कने गरी बनाईएको मञ्च बिशेष किसीमको सजावट समेत थियो ।
नेपालको झन्डा कमलले फहराए
जाकर्ता एसियाडमा उद्घाटनको मार्चपासमा नेपालको राष्ट्रिय झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका थिए । अधिकारी १० औं दक्षिण एसियाली खेलकुदको स्वर्ण र १२ औंमा कांस्य विजेता हुन् । अधिकारीले बेइजिङ ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । ६९ केजी तौल समूहका कीर्तिमानधारी उनलाई ओलम्पियन र सागमा स्वर्णबिजेताको हैसियतमा जाकर्ता १८ औं एसियाडमा राष्ट्रि झन्डा बोक्ने अबसर पाउदा गारब महसुस गरेको बताए ।
नेपालले यसपल्ट इतिहासमै सबैभन्दा धेरै खेलमा प्रतिष्पर्धा गर्दैछ । नेपालले २९ खेलमा १ सय ८७ खेलाडीहरु पदकका लागी खेल्दैछन् । जसमा ५६ महिला खेलाडी छन् । विगतका संस्करणमा भन्दा यसपालि धेरै खेलका खेलाडीले वैदेशिक प्रशिक्षणमा रहेकोले बिगतमा भन्दा नतिजा राम्रो ल्याउने अपेक्षा नेपालको रहेको नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टको भनाई छ । नेपालले तेक्वान्दो, कराते, जुडो, उसु, बक्सिङसहित नया खेलका रुपमा पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताईएको छ । नेपालले अहिले सम्म एसियाडमा १ रजत र २२ कास्य पदक जितेको छ ।
आईतबार तेक्वान्दोमा नेपाल भिडदै
आईतबार एसियाड खेलमा नेपालले तेक्वान्दो, ब्याडमिन्टन, सुटिंग, फेन्सिंग, फुटबलमा पाकिस्तान संग प्रतिष्पर्धा गदैछ ।
मनोरञ्जन शर्मा