पाइलटलाई अमेरिका हमलाको प्रशिक्षण दिंदै चीन «

पाइलटलाई अमेरिका हमलाको प्रशिक्षण दिंदै चीन

वासिङटन-अमेरिकी रक्षा मन्त्रालयल पेन्टागनले एक रिपोर्टमा चीनले लामो दूरीको लडाकु विमान बनाइरहेको जनाएको छ । अमेरिकामाथि हमला गर्नका लागि चीनले पाइलटलाई तालिम दिने योजना पनि बनाइरहेको छ । यो रिपोर्ट बिहीबार जारी गरिएको हो ।
विश्वमा आफ्नो उपस्थिति बढाउनका लागि चीनको रक्षा क्षेत्रमा भारी मात्रामा चीनले लगानी गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ । गत वर्ष चीनले बजेटमा १ खर्ब ९० अर्ब डलर खर्च गरेको थियो ।
विगत तीन वर्षको अवधिमा चीनको पिपुल्स लिबरेसन आर्मीले अपरेटिङ क्षेत्रमा बम्बर्सको संख्यामा पनि वृद्धि गरेको थियो । समुद्री इलाकामा आफुलाई चुनौती हुन सक्ने चीनको बुझाइ छ ।
चीनले अमेरिका र उसका सहयोगीलाई आकाशमा टक्कर दिनका लागि पाइलटलाई तालिम दिन सुरु गर्न सक्ने बताइएको छ । चीनको एयरफोर्सले परमाणु मिसनमा फेरि काम गर्न सुरु गरेको छ । परमाणु सक्षम बम्बर्सको तैनाथ गरेर चीन जमिन, आकाश तथा समुद्र तीनै क्षेत्रमा आफ्नो शक्ति स्थानपना गर्न चाहन्छ ।
रिपोर्टका अनुसार सी जिनिपिङ सरकारले चीनको बाह्य क्षेत्रमा पहिलो एयरबेस अफ्रिकाको जिबुटीमा तयार गरिरहेको छ । अब ऊ आफ्नो मित्र मुलुक पाकिस्तानमा एयरबेस स्थापना गर्ने विषयमा सोचिरहेको छ ।
पेन्टागनलाई उद्र्धृत गर्दै सीएनएनले भनेको छ, “जिनपिङ सरकार अत्याधुनिक लडाकु विमान तैनाथ गरेर कस्तो सन्देश दिन चाहन्छ भन्ने विषयमा अझै स्पष्ट भएको छैन ।”
यसका साथै चीन सरकार अन्तरिक्ष निगरानी क्षमतामा पनि सुधार गरिरहेको छ । यसको माध्यमबाट विश्वभरिका भू–उपग्रहमा निगरानी गर्न सकियोस् भन्ने इच्छा चीनले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्