रिलायन्स लाइफ इन्स्योरेन्सकोथप ५ शाखा

रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौँको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपा गरी ५ वटा शाखाको उद्घाटन सम्पन्न गरेको छ । सो शाखाहरुको उद्घघाटन कम्पनीका अध्यक्ष तारा चन्द केडियाका साथै कलंकीमा का.म.न.पावडां न १४ का वडाध्यक्ष शोभा सापकोटा, चाबहिलमा का.म.न.पा वडां न ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल, महाराजगञ्जमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, भक्तपुरको च्यामासिंहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रजापति र काभ्रेपलाञ्चोकको बनेपामा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले संयुक्त रुपमा उद्घघाटन गरे ।