झापाका युवती र महिलाको जिममा क्रेज

बिर्तामोड– पछिल्लो समय झापाका अधिकांश युवती र महिला फुर्तिलो र आकर्षक शरीरसँगै स्वस्थ रहन जिम सेन्टर धाउन थालेका छन् । झापामा सञ्चालन भएका जिम सेन्टरहरूमा आउने पुरुषको भन्दा युवती र महिलाको संख्या बढी हुने गरेको जिम सेन्टरका सञ्चालक बताउँछन् ।
बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेशकी सञ्चालक कल्पना मगर ग्यालेक्सी फिटनेसमा जिम गर्न १६ वर्षका किशोरीदेखि ५५ वर्षसम्मका महिलाहरू पनि आउने गरेको बताउँछिन् ।
०७३ सालबाट चन्द्र रानामगर लाफा र सन्दीप सेर्माले ६० लाखभन्दा बढी लगानी गर्दै सञ्चालनमा ल्याएको ग्यालेक्सी फिटनेसमा अहिले ३५ प्रतिशत महिला जिम गर्न आउने गरेका छन् । ग्यालेक्सी फिटनेसमा भेटिएकी झापा भद्रपुर–११ की २२ वर्षीया मनसुन अधिकारी शरीर आफैंलाई भद्दा लाग्न थालेपछि फुर्तिलो र आकर्षक शरीरसँगै स्वस्थ रहन ग्यालेक्सी फिटनेशमा दिनहुँ आउने गरेको बताउँछिन् । अमेरिका जाने तयारीमा रहेकी उनले आफू स्वस्थ्य रहँदै आकर्षक र फुर्तिलो शरीर लिएर अमेरिका जाने बताइन् ।
ग्यालेक्सी फिटनेशमा भेटिएकी झापा लक्ष्मीपुर निवासी २४ वर्षीया खुसी कुँवर पनि शारीरिक व्यायामका लागि ग्यालेक्सी फिटनेशमा आउने गरेको बताउँछिन् । दुई सन्तानकी आमा समेत रहेकी उनी शरीरलाई स्वास्थ र तन्दुरुस्त राख्न ग्यालेक्सी फिटनेसमा आउने गरेको बताउँछिन् ।
ग्यालेक्सी फिटनेसकी सञ्चालक कल्पना मगर पहिले पुरुष मात्रै जिम जान्छन् भन्ने बुझाइ थियो । कुनै महिलाले फिटनेस सेन्टर जान्छुभन्दा पनि उसलाई नराम्रो नजरले हेरिन्थ्यो । जिम हलमा पनि पुरुष नै बढी हुने भएकाले महिलालाई जिस्क्याउँथे । अहिले त्यस्तो अवस्था नरहेको बताउँछिन् ।
शारीरिक व्यायामको ट्रेण्ड र स्वस्थ हुनुपर्छ भन्ने सोचको विकासले यसमा परिवर्तन आएको बताउँदै ग्यालेक्सी फिटनेसकी सञ्चालक कल्पना मगर अधिकांश महिला शरीरको तौल घटाउन, स्टामिना बढाउन, स्वस्थ र स्फुर्तिका लागि जिम आउने गरेको बताउँछिन् ।
शरीरको तौल घटाउन मात्रै नभएर हाम्रो शरीरलाई स्वस्थ र स्फूर्त राख्न व्यायाम जरुरी भएकाले जिम गर्न महिलामा पनि क्रेज बढेको ग्यालेक्सी फिटनेसका अर्का सञ्चालक सन्दीप सेर्मा बताउँछन् ।
जिम हाउस आउने महिलाले वेट लस, फिटनेस, वडी सेफ, कार्डियो ट्रेनिङ गर्न रुचाउने गरेको ग्यालेक्सी फिटनेसका प्रशिक्षक ललित धिमालले बताए । स्वस्थ र सुन्दर शरीरका लागि जिमसेन्टर धाउने महिलाको संख्या बढेको ग्यालेक्सी फिटनेशका सञ्चालक चन्द्र राना मगर लाफाले बताए ।
पहिला शरीर बनाउनका लागि मात्रै जिम जानुपर्छ भन्ने सोचमा परिर्वतन आएकाले स्वस्थ रहनुपर्छ भन्ने सोचको विकासले पनि जिम धाउने महिला बढेर गएको ग्यालेक्सी फिटनेशका सञ्चालक चन्द्र रानामगर लाफाले बताए ।
नेपालमा शारीरिक सुगठनसम्बन्धी थुप्रै प्रतियोगिता आयोजना हुन थालेसँगै जिमप्रति युवाको आकर्षण बढेको गएको छ । राम्रो ट्रेनिङ लिएकाले ती प्रतियोगितामा भाग लिने र जित्ने मौका पाउनुका साथै मोडलिङ गर्ने अवसर पनि त्यतिकै हुने भएकाले जिम प्रतियुवाको आकर्षण बढ्दै गएकोले झापाको बिर्तामोडमा जिम सेन्टर स्थापना गर्नेक्रम बढेको छ ।
झापाको बिर्तामोडमा फिटनेस वल्र्ड, ब्रदर्श, वडी ग्यारेज, ग्यालेक्सी, फिटनेस सन्तुलन, नारी फिटनेस, मण्डा जिम सेन्टर लगायतका जिम हाउस सञ्चालनमा छन् । एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस लगायत कोर्स, वेट लस, वडी सेफ, काडियो ट्रेनिङ, वडी बिल्डिङलगायतका कोर्ष यहाँ सञ्चालित जिम सेन्टरमा सिकाइने गरेको ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर लाफाले बताए ।