जोखिम मोलेर नदी किनारमा पक्की संरचना «

जोखिम मोलेर नदी किनारमा पक्की संरचना

दार्चुला-दार्चुलाको सदरमुकाम घाँटबजारमा सधैको जोखिम मोलेर करोडाँं लगानीमा ठूला भवन बनेका छन् । दार्चुला भौगोलिक रूपमा कठिन र हिमाली जिल्ला हो । बस्तीविस्तारको हिसाबले हेर्दा पनि दार्चुला निकै जोखिमयुक्त अवस्थामा छ ।
तर जिल्लाभित्रको भू बनोट हेर्ने हो भने हिमाल, पहाड र तराईको भूगोल मिलेको छ । जिल्लाका व्याँस, र अपि गाउँपालिका हिमाली, दुँहुँ, मार्मा, नौगाड, पहाडी क्षेत्र र महाकाली, शैल्यशिखर नगरपालिका, लेकम र मालिकार्जुन गाउँपालिकाको भुगोल पहाड र तराईको बनोट रहेको छ । दार्चुलाको सदरमुकाम महाकाली नदीको तटीय क्षेत्रमा छ । २०७० सालमा खलंगा बजारमा महाकाली नदीमा आएको बाढीले कटान गरेपछि सयभन्दा बढी घर बगाएको थियो भने खलंगाको बनावट नै परिवर्तन गरिदिएको छ ।
खलंगा बजारमा करोडौंको लगानी महाकाली नदीमै लगाएजस्तै ठूला भवन नदी किनारमै बनाइएका छन् । बजारको घाँटबजार क्षेत्रमा मुख्य गरी यो अवस्था छ । महाकाली नदी किनारैबाट पाँचतले घर निर्माण गरिँदा सधैं जोखिमको स्थिति छ । घर बनेका क्षेत्रमा कडा चट्टानी भाग छ । नदि कटानबाट बचेका घर भने भूकम्पीय जोखिमका लागि घर जोखिममै छन् । विभिन्न अध्ययन अनुसन्धानले पनि जिल्लालाई भूकम्पीय जोखिमको जिल्लाका रूपमा देखाएको छ । यस्तो स्थितिमा पनि जोखिम मोलेर मानिसले जोखिम मोलेका छन् ।
नेपाल भारत सीमा क्षेत्र रहेको पुलघाँट बजार व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहे पनि यहाँका स्थानीयले यस क्षेत्रमा लगानी गरेर ठूला भवन बनाएका हुन् । घाँटबजारका नाममा रहेको खलंगा बजारमा होटेल र गार्मेन्टस्का व्यापारी बढी मात्रामा छन् । माँ मन्सा, पशरौलजस्ता सुविधायुक्त होटेल पनि यसै क्षेत्रमा खुलेका छन् । घाँट बजार क्षेत्रमा बनेका घरका जग नदी किनारमै जोडिएका छन् । नदीमा पानीको सतह बढेको दिन एक तल्लामा त पानी आउँछ । धेरै बेग र नदीले आफ्नो धार फेरेपछि पूरैघर नै जोखिममा छन् । त्यसबाहेक भूकम्पीय जोखिम झन ठूलो अवस्थामा रहेको छ । भूकम्प आइहालेमा पनि तत्काल भाग्न र सुरक्षित ठाउँसम्म पुग्न निकै समस्या छ ।
कृष्ण धामी

प्रतिक्रिया दिनुहोस्