रुकुममा १६ वटा अवैध मेडिकल शिल «

रुकुममा १६ वटा अवैध मेडिकल शिल

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवैध रूपमा सञ्चालन भएका १६ वटा मेडिकल क्लिनिक शिल गरिएको छ । संघीय कानुनअनुसार २५ शय्याभन्दा तलका स्वास्थ्य संस्था नियमण नियन्त्रण र अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई भएअनुसार नगरपालिकाले अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका निजी क्लिनिक सिल गरिएको हो ।
नगरपालिकामा कुल १९ वटा निजी क्लिनिक सञ्चालन भएकोमा ३ वटा मात्रै कानुनी प्रक्रिया पूरा गरी सञ्चालन रहेको अरू सबै अवैध सञ्चालन भएकाले शिल गरिएको स्वास्थ्य शाखा सहसंयोजक डन्डप्रसाद शर्माले बताए ।
उनका अनुसार चौरजहारी बजारमा २ वटा, मेलैनाउलीमा २ वटा, नार्जी १ वटा, शान्तिबजार १ वटा, चन्द्रबजार २ वटा, चौफाबजार १ वटा, न्याउलीबजार १ वटा, जुम्लीपोखरी १ वटा, जोगिनेटा १ वटा, साक्चा १ वटा, लिउरेबारी २ वटा र तिमिले १ वटा मेडिकल सिल गरिएको छ । सिल गरिएका मेडिकल कानुनी प्रक्रिया पूरा गरी आएमा सञ्चालन गर्न दिइने संयोजक शर्माको भनाइ छ । अन्यथा सञ्चालन गर्न दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्