Logo

एनसेल आजियाटाको आकर्षक ‘नन्स्टप’ अफर

एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप चलाउन मिल्नुका साथै बोनस डेटाको फाइदा लिन सकिने छ । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको नन्स्टप युट्युबप्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको जनाएको छ ।
‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबारदेखि सञ्चालनमा आएको एनसेलले जनाएको छ । यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समय सिमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् ।
युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको एनसेलले जनाएको छ । ७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको कम्पनीले जनाएको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युबचलाउनको लागि प्रयोग गर्न सक्छन् ।
एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याएको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकमाझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्