‘सेलेरियो : द पर्फेक्ट फ्यामेली कार’ «

‘सेलेरियो : द पर्फेक्ट फ्यामेली कार’

सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो अत्यधिक लोकप्रिय प्यासेन्जर कार सेलेरियोको नयाँ फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ ।
पर्फेक्ट फ्यामेली कारका रूपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । नयाँ सेलेरियोमा परिक्षित तथा प्रमाणित अवार्ड विजेता के १० इञ्जिनको प्रयोग गरिएको छ । सो इञ्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दाबी गरिएको २३ दशमलव १ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता दिन्छ । कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पुरानाको तुलनामा हेर्दा फराकिलो लुक्समा देखिएको छ । नयाँ कार बाहिरबाट हेर्दा मात्र ट्रेण्डी नभई कारको भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका छन् ।
सेलेरियोमा १ सय ७० एमएमको ग्राउण्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध गरिएको छ । त्यसैगरी, २ हजार ४ सय २५ एमएमको ह्विल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतीय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विण्डो, किलेस ईन्ट्री, ईलेक्ट्रिक पावर स्टेरिङ, पावरफुल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध रहेका छन् ।
कारका हरेक भ्यारियण्टमा स्ट्याण्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन् । एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधासहितको ईएलआर सिट बेल्ट पनि कारमा जडान गरिएको छ । साथै, दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चोटपटक न्यूनीकरणका लागि प्रयोग हुने सुरक्षा फिचर्स उपलब्ध केही कारमध्ये यो पनि एक भएको छ । कार चोरीलगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा ईम्मोबलाइजर तथा सुरक्षा प्रणालीहरु पनि जडान गरिएका छन् । नयाँ सेलेरियोमा चार वर्षे वारेण्टी तथा ८ पटक निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध हुने कारको सुरुवाती मूल्य २३ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्