सोसल मिडिया अवार्ड हुने «

सोसल मिडिया अवार्ड हुने

चलचित्र, वृत्तचित्र, विज्ञापन चलचित्र तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसल मिडिया फिल्म अवार्ड–२०७५’ आयोजना हुने भएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्स प्रालिले यस्तो अवार्ड गर्न लागेको हो ।
मुलधारका सिनेमा, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भइरहेको बेला फरक धारको अवार्डका लागि सोसल मिडिया फिल्म अवार्ड २०७५ आयोजना गर्न लागेको ड्रिम वर्ड अफ फिल्म मेकर्स प्रालिकी अध्यक्ष सवनम मुखियाले जानकारी गराइन् ।
मुखियाका अनुसार लघु चलचित्र, वृत्तचित्र, जनचेतनामूलक विज्ञापन र सोसल मिडियोमा आउने भिडियोहरु जस्ता विधामा यो अवार्ड हुने भएको छ । सर्ट फिल्म अन्तर्गत उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिने छ ।
यस्तै वृत्तचित्र अन्तर्गत उत्कृष्ट वृत्तचित्र, जनचेतनामूलक, विज्ञापन अन्तर्गत उत्कृष्ट पिएसए एड बिधामा अवार्डका लागि प्रतिस्पर्धा हुने छ ।
यस्तै सोसल भिडियोअन्तर्गत बेस्ट सोसल मिडिया (फेसबुक, इन्स्टाग्राम, ट्विटर) भिजुअल, बेस्ट युट्युव भिडियो, बेस्ट च्यालेन्जिङ न्युज लाईभ, बेस्ट इन्करेजमेन्ट म्युजिकली, बेस्ट ट्रोल र पब्लिक च्वाईस अवार्ड प्रदान गरिने भएको छ । सोसयल मिडियासँग सम्बन्धि एक विशिष्ट व्यक्ति र एकजना सिने सञ्चारकर्मीलाई सम्मानित गरिने पनि आयोजक संस्थाकी अध्यक्ष मुखियाले जानकारी गराइन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि फारम खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्