माछापुछ्रे बैंक र महालक्ष्मी विकास बैंक कनेक्ट आईपीएस ई–पेमेन्टमा आबद्ध

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीमा मंगलबारबाट कारोबार सुरु गर्ने गरी माछापुछ्रे बैंक र महालक्ष्मी विकास बैंकलाई उक्त प्रणालीमा आबद्ध गराएको छ । बैंकका ग्राहकहरूले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार १ लाख रुपैयाँसम्मको अनलाइन भुक्तानीहरू गर्न सक्नेछन् ।
यस प्रणालीमार्फत बैंकका ग्राहकहरूले गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरू जस्तै अनलाइन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरू गर्न सक्ने व्यवस्था छन् । यस्ता सबै कारोबारहरू अनलाइनमार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजस्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था छ । छिट्टै अन्य सेवाहरू समेत थपगर्न सकिने गरी काम भइरहेको जानकारी कम्पनीले गराएको छ ।