भदौ १ र २ गते चौथो उच्च शिक्षा मेला «

भदौ १ र २ गते चौथो उच्च शिक्षा मेला

नेपालमा नै गुणस्तरीय उच्च शिक्षा लिऊ“ भन्ने सन्देशसहित काठमाडौंको दरबार मार्गस्थित न्नपूर्ण होटेलमा आगामी भदौ १ र २, गते चौथो संस्करणको नेपाल हाइयर एजुकेसन फेयर आयोजना हुने भएको छ ।
मेलाको मुख्य आयोजकहरू भिजन मिडिया इनकर्पोरेट र एजुकेसन डटकम रहेको छ । ‘स्वदेशी ‘शिक्षा सबैको इच्छा’ भन्ने मुख्य उद्देश्यका साथ स्टडी एन नेपाल मेला आयोजना गर्न लागिएको हो । उच्च शिक्ष्ाँ हासिल गर्नका लागि विद्यार्थीहरू विभिन्न मुलुक जाने क्रम बढ्दै जा“दा स्वदेशमै उच्च हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने जानकारी विद्यार्थीमाझ पुग्नु एकदमै आवश्यक भइसकेको छ ।
मेला आयोजक समितिले मगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा नै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने सन्देश दिन मेलाको आयोजना गर्नु परेको बताएका छन् । मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थामार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्ने जनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरूले निःशुल्क परामर्श लिन सक्ने छन् । मेलाको मुख्य प्रायोजक इस्लिङटन कलेज छ । आगामी शुक्रबार र शनिबार २ दिन विहान १० बज देखि सा“झ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यँलय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयस“ग आबद्ध विभिन्न कलेजहरूले विद्यार्थीहरूलाई निःशुल्क परामर्श दिनेछन् । त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पस, संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल माउन्टेन एकेडेमीलगायतले पनि परामर्श दिनेछन् ।
बीबीए, एमबीए, बीआईटी, बीआईएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएएसडब्लू, बीबीएस, बीएस्सी, सीएसआईटीलगायत कोर्ष पढ्न चाहने विद्यार्थीे यो मेलाबाट लाभान्वित हुने आयोजकले बताएका छन् । मेलामा ४० भन्दा बढी कलेज सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्