Logo

लन्डनमा अशोक लेल्यान्डका डबल–डेकर इलेक्ट्रिक बस

भारतीय सवारी उत्पादक कम्पनी अशोक लेल्यान्डले लन्डनलाई विद्युतीय बस उपलब्ध गराउने भएको छ । लन्डनबाट अशोक लेल्यान्डले ३१ वटा डबल–डेकर इलेक्ट्रिक बसको अर्डर लिएको जनाइको छ । अशोक लेल्यान्ड भारतको हिन्दूजा समूह अन्तर्गतको सवारी उत्पादक कम्पनी हो ।
आगामी समरसम्ममा लन्डनलाई उक्त बस उपलब्ध गराइने अशोक लेल्यान्डले जनाएको छ । अशोक लेल्यान्डले ३१ अटा अप्टार मेट्रोडेकर इभी डबल–डेकर बसको अर्डर लिएको कम्पनीले उल्लेख गरेको छ । डबल डेकर बस लन्डनका लागि आइकनिक हुने अशोक लेल्यान्डका म्यानेजिङ डाइरेक्टर विनोद के देसारीले बताए । लन्डनले अशोक लेल्यान्डको उक्त बस खरिद गर्नु कम्पनीका लागि मात्र नभएर देशकै लागि महत्वपूर्ण भएको देसारीको भनाइ छ ।
अशोक लेल्यान्डले इ–मोबिलिटीको विकास लागि ठूलो लगानी गरिरहेको कम्पनीले जनाएको छ । यो निश्चित बजारका लागि भन्दा पनि सबैखाले बजार लक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्