सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिफल घोषणा «

सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिफल घोषणा

सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । योजनाहरूको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ का लागि सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमका एकाइ धनीहरूलाई करसहित १२ प्रतिशतका दरले हुन आउने रकम १२ करोड रुपैयाँमात्र प्रतिफल वितरण गर्ने निर्णय गरेको बताएको छ । साथै, उक्त प्रतिफल वितरणपश्चात् योजनाको समायोजित प्रतिएकाइ खुद सम्पत्ति मूल्य १०.१४३ रुपैयाँ कायम रहने बेहोरा पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्