मृत्यूको १० दिनपछि बच्चाको जन्म «

मृत्यूको १० दिनपछि बच्चाको जन्म

दक्षिण अफ्रिका-दक्षिण अफ्रिकाको मथियासी गाउको एक घटना जो कोहीलाई पनि हैरान पार्ने खालको देखिएको छ । एक गर्भवती महिलाले आफ्नो मृत्यूको १० दिनपछि बच्चालाई जन्म दिएकि छन् । गर्भवती महिलाको पार्थिव शरीरलाई अस्पतालमा राखिएको थियो । अस्पतालमा राखिएको १० दिनपछि उनको शवलाई परिवारलाई सुम्पिएको थियो । कफिनलाई लिएर परिवार घर आए र कफिन खोलेपछि सबैको होस उडेको थियो । उक्त कफिनमा महिलाले बच्चालाई जन्म दिएकि थिइन् । तर बच्चीको पनि मृत्यू भइसकेको थियो । सबैलाई महिलाले मृत्यूपछि पनि बच्चालाई जन्म दिएको विषयमा विश्वास गर्न कठिन भएको थियो ।
आमा र बच्चा दुवैको शवलाई गाडिएको छ । जब यो घटनाको जानकारी सबैतिर फैलियो चिकित्सकले यो घटनाको अनुसान्धान गरेर कारण पत्ता लगाएका थिए ।
शोधपछि चिकित्सकले महिलाको मृत्यू भएको समयमा उनको गर्भमा ९ महिनाको बच्चा भएकमो बताएका छन् । उनको शवलाई १० दिन सम्म अस्पतालमा निर्धारित तापमानमा सुरक्षित राखिएको थियो ।
मृत शरीरमा भित्र विभिन्न किसिमका ग्यास बन्छ । धेरै ग्यास बनेका कारण पेट फुल्न थालेको र बच्चा बाहिर आएको बताइएको छ । बच्चा बाहिर निस्कदा जिवित थियो या थिएन भन्ने विषयमा केही पत्ता लागेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्